नेभिगेशन
सबै कुरा

भारतले नेपालका परियोजनामा २० करोड सिधै खर्च गर्न पाउनेबारे प्रधानमन्त्रीको जवाफ : सिधै होइन प्रक्रिया पुरा गर्नुपर्छ

काठमाडौँ । भारतले नेपालको परियोजनामा सिधै खर्च गर्न पाउने रकमको सीमा बढाएको विषयमा संसदीय समितिमा बिरोध भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार बिहान बसेको राज्य व्यवस्था समितिको बैठकमा एमालेका सांसद रघुजी पन्तले भारतसँग भएको यो सहमतिप्रति आपत्ति जनएका थिए । पहिले भारतले नेपालका परियोजनमा सिधै ३ करोड रुपैयाँ खर्च पाउने व्यवस्था थियो । भरातीय विदेशमन्त्री एस जयशंकरको भ्रमणका क्रममा यसलाई बढाएर २० करोड पुर्याइएको हो । यसबाट देशमा अवाञ्छित राजनीतिक प्रभाव तथा हस्तक्षेप बढ्न सक्ने एमाले सांसद रघुजी पन्तले तर्क गरे । उनले उक्त सहमतिमा पुर्नविचार गर्न आग्रह गरेका छन् । 

Ncell
Extreme Energy

सोको जवाफ दिदै प्रधानमन्त्री दाहालले उक्त सहमति भएको स्वीकार गर्दै मन्त्रीपरिषद्बाटै निर्णय गरिएको जवाफ दिए । साथै प्रधानमन्त्री दाहालले भारतले प्रक्रियामा रहेर मात्रै रकम खर्च गर्न पाउने उल्लेख गरे । दाहालले भने, जहाँ जसरी मन लाग्यो त्यसरी लगान िगर्ने भन्ने छैन, नगरपालिकाभित्र कुन प्रक्रियाबाट गर्न सक्ने, गाउँपालिकाबाट भित्र या अन्य, त्यो प्रक्रियाबाट गएरमात्रै हुन्छ ।’

भरातीय विदेशमन्त्रीको भ्रमणको क्रममा सरकारले गरेको यो निर्णय राष्ट्रघाती भएको भएको भन्दै बैठकमा आलोभना भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।
जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद डा‍.लामाले जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच २०८२ मङ्सिर २४ गते भएको सम्झौता स्मरण गराउँदै हुबहु कार्यान्वयन गर्न माग गरेका हुन् । ...