नेभिगेशन
समाज

पर्चा बोकेर जान पाइँदैन भनेर कहाँ लेख्या छ ? निलम्बन खेप्न तयार छौँ: हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई सदनप्रति जवाफदेही बनाउन आफुहरु निलम्वन हुन तयार रहेको बताएका छन् ।

बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष साम्पाङले सरकारलाई सदनप्रति जवाफदेही बनाउन आफुहरुको विरोध आगामी दिनमा पनि निरन्तर हुने भन्दै विरोध गरेकै कारण आफुहरु निलम्वन हुनपनि तयार रहेको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, ‘जबसम्म सरकार जिम्मेवार हुँदैन, हामी पछि हट्दैनौँ । हाम्रो विरोध पाँच वर्ष नै चल्छ ।’

Ncell
Extreme Energy

सरकारलाई प्रश्न गर्न नदिनेगरि सभामुखले गरेको रुलिङको समेत आफुहरुको विरोध रहेको बताए । उनले सार्वभौम संसद र संसदको विधि–विधानका लागि निलम्बन हुन तयार रहेको बताए । 

उनले भने ‘ठिक छ त । हामी रेडी छम् । म रेडी छु । जनताको लागि, सार्वभौम संसदका लागि, व्यवस्थाका लागि निलम्बन हुन तयार छौँ । आज नै गर्नु भनेको गर्नुभएन ।’

उनले भने, ‘सभामुख सबैको साझा हो । उहाँ एउटा दलबाट आउनुभएको भए पनि सभामुख उहाँको अभिव्यक्ति र व्यवहार साझा हुनुपर्छ । उहाँ श्रम संस्कृति पार्टीको पनि सभामुख हुनुपर्छ । म संसदीय दलको नेता हो । मलाई नै दुई मिनेट बोल, तीन मिनेट बोल भनेर हुन्छ ? त्यो हुँदैन ।’

सुकुम्वासी, लिपुलेक, विदेशी ऋण लगाएत आफुले उठाएका धेरै प्रश्नको जवाफ नआएकाले विरोध जनाउनुपरेको दाबी गरे । ‘हामीले उत्तर पाएका छैनौँ । उहाँहरू आउनुहुन्न । हामीले दबाब दिएपछि आज बल्ल २-४ जना मन्त्री आउनुभो । हामी प्रत्येक दिन नै प्रश्न गर्छौँ,’ साम्पाङले भने ।

उनले जनताको प्रश्नको उत्तर नदिने गैरजिम्मेवार सरकारको मूल्याङ्कन जनताले गर्ने उल्लेख गरे । 

आफूहरूले संसदमा कुनै अमर्यादित र अभद्र व्यवहार नगरेको उनले बताए ।

‘हामीले तोडफोड गर्‍यौँ कि, अपशब्द बोल्यौँ कि, कसैमाथि केही गर्‍यौँ कि ? हामीले एउटा पर्चा देखाएर, हाम्रो यो छ माग, यो छ विरोध, यहाँनिर हाम्रो असहमति छ भन्न पाइँदैन ? हामीले अशिष्ट शैलीमा के गर्‍यौँ । पर्चा बोकेर जान पाइँदैन भनेर कहाँ लेख्या छ ? नियमावलीमा कहाँ छ ? नचाहिने गोजीको नियम लगाएर हुन्छ ? पाउँदैन भनेर लेखेको देखाइदिनुस् न त ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुने भएको छ ।
जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्  ।
४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

हिमताल विस्फोटनबाट हुने बाढी (जीएलओएफ) को जोखिम घटाउन नेपालका चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउन सरकारले तयारी थालेको छ ।