नेभिगेशन
समाज

थापाथली चोकमा ट्राफिकसँग आशिका तामाङको नोकझोक, के भएको थियो ?

काठमाडौँ । काठमाडौँको थापाथली चोकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ र ट्राफिक प्रहरीबीच नोकझोक भएको छ । 

भिडियोमा थापाथली चोकमा हरियो बत्ती बलेपछि पनि ट्राफिक प्रहरीले गाडी अघि बढ्न नदिएपछि आशिका रुष्ट बनेकी देखिन्छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घटना आज ३ बजेतिरको हो । आशिका संसद् बैठकबाट फर्कँदै गर्दा थापाथली चोकअघि रेड लाइटमा उनको गाडी रोकियो । केहीबेरमा हरियो बत्ती बलेपछि गाडी अगाडि बढाउन खोज्दा ट्राफिक प्रहरीले रोक्न ईशारा गरेका थिए । जेब्रा क्रसिङमा मानिसहरू ओहोरदोहोर गरिरहेको भन्दै उनले गाडी रोकेका हुन् ।

Ncell
Extreme Energy

आशिका गाडीभित्र ड्राइभर छेउको सिटमा थिइन् । जेब्रा क्रसिङको ठिक अगाडि गाडी रोकिएपछि उनले झ्याल खोलेर ट्राफिकलाई बोलाइन् । हरियो बत्ती बलेपछि मान्छे किन कन्ट्रोल नगरेको भनेर प्रहरीलाई प्रश्न गरेको देखिन्छ । तर, प्रहरीले जवाफ नदिएको बताएकी छिन् । 

ती ट्राफिकसँग केही बेर वादविवाद भएपछि आशिका यस्तो अन्याय पनि हुन्छ ? भन्दै गाडीबाट उत्रिइन् । पारीपट्टीको साइडमा अर्का ट्राफिक प्रहरी चिट काटिरहेका थिए । आशिकाले उनीसँग कुरा गरिन् । सम्भवतः ती प्रहरीले आशिकालाई चिने । उनले विवाद गर्ने प्रहरीलाई आफूले सम्झाउने आश्वासन दिएपछि आशिका पुन गाडीमा चढिन् र आफ्नो बाटो लागिन् ।

आशिका तामाङले भने हरियो बत्तीमा पनि गाडी रोकेपछि ट्राफिकलाई सम्झाउन भनेको तर आफूले व्यक्तिगतरुपमा वादविवाद गर्न नखोजेको बताइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुने भएको छ ।
जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्  ।
४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

हिमताल विस्फोटनबाट हुने बाढी (जीएलओएफ) को जोखिम घटाउन नेपालका चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउन सरकारले तयारी थालेको छ ।