नेभिगेशन
जनप्रतिनिधिका कुरा

हर्क साम्पाङको अवरोध : न संसद् रोकिन्छ, न प्रश्न

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्कराज राई साम्पाङको नियमित जस्तै काम बनेको छ– संसद् बैठक सुरु हुनासाथ उभिने, समय माग्ने, समय पाए पनि नपाए पनि बोलिहाल्ने, पर्चा देखाएर विरोध जनाउने अनि सरकारसँग प्रश्न सोधिहाल्ने ।

पछिल्लो एक सातायता उनले हरेक एकै प्रक्रियाका गतिविधि संसदमा देखाइरहेका छन् । उनलाई साथ दिएका छन्, उनकै पार्टीका सांसदहरुले ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज पनि संसदको बैठक सुरु हुनासाथ साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति जवाफदेही नभएको आरोप लगाए ।

Ncell
Extreme Energy

संसद् बैठक सुरु हुनासाथ आकस्मिक सयम लिएर बोल्दै उनले संसद् नियमावलीको नियम १५ को २ अनुसार संसद्‍मा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्री र प्रधानमन्त्रीले सात दिनभित्र दिनुपर्ने व्यववस्था भए पनि प्रधानमन्त्रीले त्यसको बेवास्ता गरेको बताए।

‘मैले यही वैशाख २८ र २९ गते प्रधानमन्त्रीलाई केही प्रश्न राखेको थिएँ। त्यसको जवाफ आएन,’ राईले भने, ‘मेरा प्रश्न गृह, रक्षासहितका मन्त्रालयसँग सम्बन्धित थिए। ती मन्त्रालयको नेतृत्व पनि प्रधानमन्त्रीले नै गरेकाले उहाँले जवाफ दिनुपर्छ।’

आफूले राखेको दार्चुलाको लिपुलेकसहित सीमा सम्बन्धी प्रश्नहरूको जवाफ पनि प्रधानमन्त्री शाहबाट चाहेको उनले बताए।  सांसद राईले आफ्नो कर्तव्य पुरा गर्न नसक्ने भए प्रधानमन्त्री बालेन शाहले राजीनामा दिएर मार्ग प्रशस्त गर्दा राम्रो हुने बताए । ‘यदि उहाँ कर्तव्य पुरा गर्न सक्नुहुन्न भने मार्ग प्रशस्त गर्दा राम्रो हुन्छ,’ उनले भने, ‘संसद्प्रति जबाफदेही नहुँदा उहाँ कोप्रति जबाफदेही होरु कोहीप्रति त जवाफदेही हुनैपर्छ।’

राईले दैनिकजसो अवरोध गरे पनि संसद् बैठक रोकिएको छैन। सभामुख डीपी अर्यालले बैठक सञ्चालन गर्दै आइरहेका छन् । सभामुखले त यसअघि नै उनलाई संसदको मर्यादामा रहन चेतावनी समेत दिइसकेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुने भएको छ ।
जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्  ।
४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

हिमताल विस्फोटनबाट हुने बाढी (जीएलओएफ) को जोखिम घटाउन नेपालका चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउन सरकारले तयारी थालेको छ ।