नेभिगेशन
सबै कुरा

भारतीय विदेशमन्त्री स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा दुईदिने नेपालको औपचारिक भ्रमणमा आएका भारतीय विदेशमन्त्री डा एस जयशङ्कर भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले बिदाइ गरिन् ।

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन विदेशमन्त्री जयशङ्कर बिहीबार नेपाल  आएका हुन् । बैठकमा विकास साझेदारीसहित द्विपक्षीय सहकार्यका सबै पक्षमाथि समीक्षा हुनाका साथै बैठकपश्चात्, भारतीय विदेशमन्त्री र नेपालका परराष्ट्रमन्त्रीको उपस्थितिमा दुई पक्षबीच विभिन्न महत्वपूर्ण सहमतिपत्र÷समझदारीपत्रको आदानप्रदान भएको थियो ।

Global Ime Bank

भ्रमणका क्रममा विदेशमन्त्री जयशङ्करले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा यहाँका उच्च राजनीतिक नेतृत्वसँग छुट्टाछट्टै भेटवार्ता गरेका थिए । ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार हो । दुई घनिष्ठ र मित्रवत् छिमेकीबीच उच्चस्तरीय भेटघाट गर्ने परम्परालाई ध्यानमा राख्दै मन्त्री जयशङ्करको भ्रमण भएको भारतीय पक्षले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घरमा बाढी पस्दा श्रीमती बेपत्ता, श्रीमान घाइते

घरमा बाढी पस्दा श्रीमती बेपत्ता, श्रीमान घाइते

बिमचा खोल्सी (कोल्पु खोला)मा आज विहान आएको बाढी घरमा पस्दा ३२ वर्षीया कमला बलामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए...
बैंकिङ कसुरको आरोपमा ‘काठमाडौं भ्यू टावर’का ठेकेदार मनोज भेटवाल पक्राउ

बैंकिङ कसुरको आरोपमा ‘काठमाडौं भ्यू टावर’का ठेकेदार मनोज भेटवाल पक्राउ

परिसरका एक प्रहरी अधिकारीका अनुसार इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवाल विरुद्ध १० करोडको बैङ्किङ कसुरको जाहेरी परेको छ । सोही जोहेरीको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको...
परराष्ट्रमन्त्री डा आरजु राणा इटाली प्रस्थान

परराष्ट्रमन्त्री डा आरजु राणा इटाली प्रस्थान

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा इटालीको रोममा यही ‘जुन २८ देखि जुलाई ४’ सम्म आयोजना हुने ‘खाद्य तथा कृषि सङ्गठन (एफएओ) कन्फ्रेन्स’को ४४औँ सत्रमा सहभागी हुन आज त्यसतर्फ...
अलपत्र बनेका काठमाडौँको तीनकुने र टेकुका पुल (तस्विरहरु)

अलपत्र बनेका काठमाडौँको तीनकुने र टेकुका पुल (तस्विरहरु)

२०७१ सालमा पप्पु कन्स्ट्रक्सन प्रालिले काठमाडौंका चार पक्की पुलको ठेक्का पाएको थियो । एउटा प्याकेजमा टेकु र डल्लु पुल अनि अर्को प्याकेजमा तीनकुने र बिजुलीबजार पुल ठेक्का लगाइएको...