नेभिगेशन
समाज
प्रतिनिधिसभाको बैठक

सांसद खड्काको गुनासो: फोहोर मैला व्यवस्थापनमा तीनै तहका सरकार गम्भीर देखिएनन्, विशेष उद्योगको दर्जा दिन माग

काठमाडौँ । रास्वपा सांसद सुशील खड्काले नेपालको फोहोर मैला व्यवस्थापन र रिसाइक्लिङमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद  खड्काले नेपालको फोहोर मैला व्यवस्थापन र रिसाइक्लिङ (पुनर्चक्रण) क्षेत्रले भोग्दै आएका गम्भीर समस्यामा सरकारको ध्यानाकर्षण गराएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले लाखौँ रोजगारी सिर्जना गर्ने र खर्बौँको आर्थिक सम्भावना बोकेको फोहोर मैला व्यवस्थापन र रिसाइक्लिङ क्षेत्रलाई धराशायी हुनबाट जोगाउन सरकारले तत्काल कदम चाल्नु पर्ने माग गरे । 

Ncell
Extreme Energy

फोहोर मैला व्यवस्थापन र रिसाइक्लिङमा नेपालको वर्तमान अवस्थाबारे जानकारी गराउँदै सांसद खड्काले भने,'हामीले नेपालमा दैनिक ५,३०० टन फोहोर निकाल्छौँ, जसमा १,००० टन त प्लास्टिक मात्रै हुने गरेको छ। यति ठुलो सम्भावना हुँदाहुँदै पनि यस क्षेत्रलाई प्रोत्साहन गर्नुको साटो उल्टै दण्डित गर्ने काम भइरहेको छ।'

सांसद खड्काले ३ लाख नयाँ रोजगारी र ५ खर्बभन्दा बढीको आर्थिक सम्भावना बोकेको फोहोर मैला व्यवस्थापन क्षेत्रलाई स्थानीय सरकारहरूले प्रोत्साहन नगरेको गुनासो गरे । उनले भने, 'ल्यान्डफिल साइट मा फोहोर फाल्नका लागि रकम खर्च गर्ने स्थानीय सरकारले, उल्टै रिसाइकल गर्ने उद्योगहरूलाई प्रति गोटा र प्रति किलोका दरले कवाडी कर लगाइरहेका छन्।'

ग्रिन सर्कुलर इकोनोमी (हरित चक्रीय अर्थतन्त्र) को मुख्य खम्बा मानिने यस क्षेत्रलाई बचाउन सांसद खड्काले ३ बुँदे माग समेत राखेका छन् । 

उनले राखेका माग यस्ता छन्: 

१. कवाडी करको पूर्ण खारेजी: रिसाइक्लिङ सामग्रीमा लगाइँदै आएको कवाडी करलाई पूर्ण रूपमा खारेज गरी यसको कडा कार्यान्वयन गरियोस्।

२. वैकल्पिक ऊर्जा र कम्पोस्टिङको प्रवद्र्धनः कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउन र खुला रूपमा जलाइने तथा रिसाइकल नहुने प्लास्टिकलाई सिमेन्ट लगायतका उद्योगहरूमा कोइलाको सट्टा प्रयोग गर्न प्रोत्साहन गरियोस्।

३. विशेष उद्योगको दर्जा र कर छुट: फोहोर मैला व्यवस्थापन र रिसाइक्लिङ क्षेत्रलाई 'विशेष उद्योग' को दर्जा दिई आवश्यक सहुलियत र कर छुटको व्यवस्था गरियोस्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुने भएको छ ।
जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्  ।
४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

हिमताल विस्फोटनबाट हुने बाढी (जीएलओएफ) को जोखिम घटाउन नेपालका चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउन सरकारले तयारी थालेको छ ।