नेभिगेशन
सबै कुरा

पशुपतिनाथको आरती बिक्री : यस्तो छ कोष र बुढासुब्बाबिचको सम्झौता

काठमाडौँ । पुशपति क्षेत्र विकास कोषले हरेक  साँझ हुने गंगा आरतीसहित मन्दिरभित्रको दिप प्रज्वलनको भिडिओ सर्वाधिकार ५ वर्षका लागि बुढासुब्बा डिजिटललाई बेचेको प्रमाण सिधाकुरालाई प्राप्त भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Extreme Energy
citizen life

बुढासुब्बा प्रा.लि.ले मासिक १ लाख ६० हजार रुपैयाँ कोषलाई तिर्नेगरी ६३ महिनाको बैंक जमानत १ करोड १३ लाख ९०  हजार ४ सय रुपैयाँ राखेर कोषसँग सम्झौता गरेको हो ।

यो सम्झौता अनुसार बुढासुब्बा डिजीटल प्रालिले गंगा आरती तथा मन्दिरभित्र हुने दिप प्रज्वलनको श्रव्य दृश्य कैद गर्न र डिजिटल माध्यममा राख्न सर्वाधिकार पाएको छ ।

बुढासुब्बा डिजिटल प्रालिका सञ्चालक नवराज गिरीका अनुसार ६ महिनाअघिनै पशुपति क्षेत्र विकास कोषसँग सम्झौता भएको हो । पछिल्लो ६ महिनामा मासिक १ लाख ८० हजार ८ सयका दरले कोषमा जम्मा गरेको गिरी बताउँछन् ।

कोषले गत फागुनमै गोरखापत्र दैनिकमा सूचना जारी गर्दै बागमती नदि किनार सहित पशुपतिनाथको भित्री भागको प्रत्यक्ष प्रसारणका लागि बोलपत्र आह्वान गरेको थियो । करबाहेक मासिक १ लाख ६० हजार शुल्क तिर्नेगरी बुढासुब्वा डिजिटलको प्रस्ताव कोषले स्वीकार गरेको भेटिएको छ । 


कोषले जेठ २९ गते बुढासुब्वा डिजिटललाई सम्झौताकालागि बोलाएको थियो । सम्झौता अनुसार बुढासुब्बाले पशुपतिको आरती सहित दीप प्रज्वलनको भिडियोमा सर्वाधिकार राख्न पाउने बुढासुब्वा डिजिटलका सञ्चालक गिरीको दाबी छ । 

६ महिनादेखि पैसा तिर्दै आएपनि हामीले सर्वसाधारणका लागि भिडियो तथा फोटो खिच्न रोक लगाएका छैनौँ, गिरीले भने सर्वसाधारणले व्यक्तिगत प्रयोजनका लागि फोटो तथा भिडियो खिच्न पाउँछन् तर पैसा कमाउने उद्देश्यले खिच्ने अधिकार त १ करोड १४ लाख बैंक जमानत राखेर, मासिक पैसा तिरेर हामीले पाएका छौँ । गिरीले थपे ‘पशुपतिको भिडियो हालेपछि विशेष गरेर भारत लगायत विभिन्न ठाउँबाट युट्युबमा कपी राइटको क्लेम आउँछ । त्यसका लागि हामीले रोक लगाएका हौ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवा भन्सारमा सामान जाँचपास सुरु, कन्टेनर जाँच पास तीव्र

रसुवा भन्सारमा सामान जाँचपास सुरु, कन्टेनर जाँच पास तीव्र

गत असार २४ गते गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित ल्हेन्देखोलामा  आएको बाढीपछि लामो समयसम्म प्रभावित बनेको रसुवा भन्सार कार्यालय मितेरी पुल निर्माण पश्चात् गत पुस १७ गतेदेखि पुनःसक्रिय रूपमा सञ्चालन...
सरकारले उद्योगी व्यवसायीलाई थुन्ने सूची बनाएको छैनः अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

सरकारले उद्योगी व्यवसायीलाई थुन्ने सूची बनाएको छैनः अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. वाग्लेले सरकारको १०० बिलियन डलरको अर्थतन्त्र बनाउने योजनाको निजी क्षेत्र साझेदार रहेको पनि बताए । कार्यक्रममा बोल्दै उनले सरकारका पाँच प्राथमिकताहरू बारे पनि प्रस्ट्याए...
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

अध्यक्ष पदका लागि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानून वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरेको, नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणी वा सो सरहको पदमा कार्य...
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु

ललितपुरको जावलाखेलमा आज दिउँसो ११ः४५ देखि सुरु भएको प्रशिक्षणमा पार्टीका उपसभापति एवं अर्थमन्त्री स्वर्णीम वाग्ले, महामन्त्रीद्वय कबिन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिन आचार्यलगायतका पार्टी पदाधिकारीसहित सांसदहरू सहभागी...