नेभिगेशन
समाज

गोङ्गबुका होटलमा राखिएका ४० परिवार सुकुम्बासीलाई नागार्जुनको अपार्टमेन्ट सारियो

काठमाडौँ । गोङ्गबु बसपार्कका विभिन्न होटलहरूमा बस्दै आएका सुकुम्बासी बस्तीका नागरिकहरूलाई  नागार्जुन अपार्टमेन्ट पूर्याइएको छ । ४० परिवारको ९३ जना राखिएको सो अपार्टमेन्टमा आधारभूत सुविधा समेतको पूर्व व्यवस्था  नगरिएको सारिएको उनीहरूको गुनासो छ ।

उनीहरूका अनुसार शुक्रबार साँझ ७ बजे तिर पुर्याइएको हो । कसले ल्यायो भन्ने सम्म पनि जानकारी नरहेका उनीहरूको गुनासै गुनासो छ । दैनिक प्रयोग त के खाने पानीको समेत व्यवस्था नभए पछि उनीहरू केही बेर आक्रोशित समेत भएका थिए । सडकमै निस्केर उचित व्यवसायको माग गरेका उनीहरुलाई, अहिले दैनिक प्रयोग हुने पानीको व्यवस्था गरिएको छ, भने खानेपानीको व्यवस्था स्थानीय, प्रहरी र सरोकारवालाले व्यवस्थाको प्रयास गर्दै गरेको देखिन्छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मनोहरा बस्तीबाट विस्थापित विश्वनाथ दाहाल सरकारले नगरेको होइन गरेको हो, तर व्यवस्थित भने नदेखिएको बताउँछन् । उनीहरूसँग समन्वयन गर्न आधिकारिक व्यक्ति समेत नरहेकाले अन्यौलता देखिएको छ । यहाँ कति दिन राख्ने हो, व्यवस्थापन कसरी गर्ने हो, खानाको व्यवस्था के हुने हो उनीहरूले बुझ्न चाहेका छन् । अधिकांश परिवारमा दीर्घ रोगी समेत भएकाले अस्पताल आउजाउ गर्न सहजीकरण गरिदिनु पर्ने माग राखेका छन् ।

Ncell
Extreme Energy

दुवै मिर्गौला फेल भएकी मुना खनाल, हप्तामा २ पटक डायलासिस का लागि वीर अस्पताल जानु पर्ने, विपन्न त्यस माथि पनि विस्थापित हुन परेको मुनासँग ट्याक्सी चढेर अस्पताल जाने अवस्था समेत छैन । अहिलेसम्म एम्बुलेन्सको व्यवस्था भए पनि भोलि के हुने हो, उनी चिन्तित देखिन्छिन् । खोला किनारमा आफ्नै भने पनि सानो घर रहेको उनीहरूको अहिले आफ्नो भन्ने केही नरहेको बताउँछन् । सरकारले जसरी उठिबास लगायो त्यसरी नै व्यवस्था गर्नु पर्ने उनीहरुको माग रहेको छ । आफ्नै नाममा सानो जमितको माग राख्दै, उचित छानबिन र राम्रो व्यवस्थापनको उनीहरू चाहन्छन् ।

तस्बिरः सूर्याम्स उप्रेती, नेपाल फोटो लाइब्रेरी 

sukumbasi-nagarjun-sidhakura_2-1778311483.jpg

sukumbasi-nagarjun-sidhakura_1-1778311484.jpg

sukumbasi-nagarjun-sidhakura_-4-1778311478.jpg

sukumbasi-nagarjun-sidhakura_-3-1778311478.jpg

sukumbasi-nagarjun-sidhakura_-6-1778311471.jpg

sukumbasi-nagarjun-sidhakura_-5-1778311471.jpg

sukumbasi-nagarjun-sidhakura_-7-1778311465.jpg

sukumbasi-nagarjun-sidhakura_-8-1778311464.jpg

sukumbasi-nagarjun-sidhakura_-10-1778311460.jpg

sukumbasi-nagarjun-sidhakura_-9-1778311460.jpg

sukumbasi-nagarjun-sidhakura_-12-1778311458.jpg

sukumbasi-nagarjun-sidhakura_-11-1778311458.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मादीबाट मकालु चिहाउँदा...

मादीबाट मकालु चिहाउँदा...

मादीका विभिन्न डाँडाकाँडा, घुमाउरा पाखा र गाउँबस्तीहरूबाट खिचिएका यी फ्रेमहरूले केवल हिमालको भव्यता मात्र दर्शाएका छैनन्, तिनले पहाडी भूगोल, हरियाली खेतबारी, पारम्परिक वास्तुकला र प्रकृतिको सजीव क्यानभासलाई एकै...
यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

ठूला सवारी साधनहरू सुरूङमार्गको प्रयोग गरेकाले सुरुङमार्गको माथिल्लो सडक अर्थात नागढुंगा क्षेत्रमा सवारीसाधनको आउजाउ पातलो छ भने नागढुंगा सुरुङ प्रवेशद्वारदेखि मलेखु मुग्लिन खण्डमा सवारीको आउजाउ साविकभन्दा बढी छ...
कोदो फुल्यो बारीमा, धानका बाला झुल्यो खेतैमा...

कोदो फुल्यो बारीमा, धानका बाला झुल्यो खेतैमा...

पहेँलिँदै गरेका धानका बाला, खुलेको नीलो आकाश र टल्किएका हिमालले दसैँको समयमा गाउँको सौन्दर्य थपेका छन् । दसैँको समापनसँगै अब केही दिनमा यहाँका किसानलाई धान र कोदो भित्र्याउने...
रास्वपा सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत प्रस्थान (तस्बिरहरु)

रास्वपा सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत प्रस्थान (तस्बिरहरु)

रास्वपा सभापति रवि लामिछाने श्रीमती निकिता पौडेल सहित पारिवारिक तीर्थाटनका लागि धनगढी हुँदै भारत प्रस्थान गर्न लागेका हुन् । ३ दिनको भ्रमणका क्रममा धनगढी हुँदै भारतको उत्तराखण्ड, नैनीताल...