नेभिगेशन
जनप्रतिनिधिका कुरा

विपक्षीको नाराबाजीका बीच अघि बढ्यो संसद, कानुनमन्त्रीले पेस गरिन् विधेयक

काठमाडौँ । विपक्षी दलहरुको नाराबाजी र अवरोधका बीच प्रतिनिधिसभाको बैठक अघि बढेको छ ।

विपक्षीको अवरोधका कारण दिउँसो १५ मिनेटका लागि स्थगित भएको बैठक फेरि सुरु भए लगत्तै एमाले, नेकपा, राप्रपा लगायत दलका सांसदहरुले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विपक्षी दलका सांसदहरुको नाराबाजीका बीच प्रधानमन्त्री बालेन शाहका तर्फबाट विधेयक पेस गर्न गर्न सभामुख डीपी अर्यालले कानुनमन्त्री सोविता गौतमलाई समय दिए ।

Ncell
Extreme Energy

कानुनमन्त्री गौतमले सुरुमा प्रतिनिधिसभा निर्वाचन पहिलो संशोधन विधेयक विचार गरियोस् भनी प्रस्ताव पेश गरिन्, त्यसपछि मतदाता नामावली सम्बन्धी विधेयक २०८३ पेश गरिन् ।

विपक्षी दलले प्रधानमन्त्री शाह सदनमा आएर आफूहरुले उठाएको प्रश्नको जवाफ नदिएसम्म सदन चल्न नसक्ने भन्दै विरोध जनाइरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुने भएको छ ।
जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्  ।
४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

हिमताल विस्फोटनबाट हुने बाढी (जीएलओएफ) को जोखिम घटाउन नेपालका चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउन सरकारले तयारी थालेको छ ।