नेभिगेशन
समाज

प्रतिनिधिसभाबाट वैकल्पिक वित्त परिचालन विधेयक पारित

संसदको अर्को बैठक मंगलबार

काठमाडौँ । प्रतिपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभाबाट वैकल्पिक वित्त परिचालन सम्बन्धी विधेयक पारित भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलहरूले अवरोध गरिरहेकै बेला सभामुख डोलप्रसाद (डीपी) अर्यालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिएका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अर्थमन्त्री वाग्लेले पेश गरेको प्रस्तावलाई सभामुख अर्यालले विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए । विपक्षी दलहरुको नाराबाजीका बीच सभामुख अर्यालले बहुमतले विधेयक पारित भएको घोषणा गरे ।

Ncell
Extreme Energy

त्यसअघि प्रस्ताव पेश गर्दै अर्थमन्त्री वाग्लेले वर्तमान सरकार देश निर्माणको अभियानमा लागेको बताए । उनले विधेयक संशोधनका लागि परेका प्रस्ताव पनि सरकारले ग्रहण गरेको बताए । ‘हामी देश बनाउने अभियानमा छौं, यसमा सहयोग गर्ने माननीय सदस्यहरुलाई धन्यवाद छ’ उनले भने ।

नाराबाजीकै बीच कानुनमन्त्री सोविता गौतमले निर्वाचन सम्बन्धी विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेकि थिइन् । सभामुख अर्यालले प्रतिनिधिसभाको बैठक आगामी मंगलबार (जेठ १२ गते) बस्ने गरी स्थगित भएको घोषणा गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुन तोलामा १२०० रुपैयाँ बढ्यो, चाँदीको मूल्य पनि उकालो

सुन तोलामा १२०० रुपैयाँ बढ्यो, चाँदीको मूल्य पनि उकालो

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ बढेको हो।
भोटेकोशी बाढीले १८ विद्यालयमा क्षति,  बनाउन ४ अर्बभन्दा बढी लाग्ने

भोटेकोशी बाढीले १८ विद्यालयमा क्षति, बनाउन ४ अर्बभन्दा बढी लाग्ने

भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालयमा क्षति पुगेको छ। तीमध्ये ११ वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने विद्यालयका भवन तथा शैक्षिक सम्पत्तिमा मात्रै...
बाणगङ्गा नदीमा फसेका १२ जनाको यसरी भयो उद्धार

बाणगङ्गा नदीमा फसेका १२ जनाको यसरी भयो उद्धार

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति आएको अचानक बाढीमा फसेका १२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।