नेभिगेशन
सबै कुरा

पशुपति क्षेत्र विकास कोषको दोहोरो चरित्र : बुढासुब्बासँग सवा कराेडमा सम्झौता तर सूचनामा आपत्ति

काठमाडाैँ । बुढासुब्बा डिजिटल प्रालिले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भनी प्रकाशित गरेको सूचनाप्रति पशुपति क्षेत्र विकास कोषले ध्यानाकर्षण भएको जनाएको छ । साथै उक्त सूचनामा कोषको लोगो प्रयोग भएकाप्रति कोषले आपत्ति जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“बुढासुब्बा डिजिटल प्रालिले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न सख्त मनाही छ । यहाँ खिचिएका भिडियो सामग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रायोजनका लागि राखिएमा डिजिटल कपिराइट ऐनअन्तर्गत कारबाही हुने जानकारी गराउदछौँ’ भन्ने सूचना प्रकाशित भएको थियो । 

Ncell
Extreme Energy

पशुपतिनाथको आरती बिक्री : यस्तो छ कोष र बुढासुब्बाबिचको सम्झौता

यही सूचनालाई सेयर गर्दै सामाजिक सञ्जालमा पशुपति क्षेत्र विकास कोषको चर्को आलोचना भईहरेको छ । कोषले ध्याकर्षण भएको र आफ्नो संलग्नता नभएको भन्दै आफ्नै दोहोरो चरित्र देखाएको छ । किनकी कोषले बोलपत्र नै आह्वान गरेर कर बाहेक मासिक १ लाख ६० हजार रुपैयाँमा गांगा आरती र कोर क्षेत्रको दिप प्रज्वलनको डिजिटल राइट बेचेको थियाे । सम्झौता गर्दा बुढासुब्बा डिजिटलले ६३ महिनाको बैंक जमानत बापत १ करोड १३ लाख ९० हजार ४०० रुपैयाँ समेत बुझाएको छ । तर अहिले कोषले सो सूचनामा यसबारे खुलाएको छैन । लोगो प्रयोगको विषयमा आपत्ति मात्रै जनाएको छ । र सूचनामा उल्लेख भएको विषयको तथ्य के हो भन्ने चाहीँ खुलाएको छैन । यसबाट आलोचना भएपछि कोष आफू पन्छनको लागि सूचना प्रकाशन गरेको प्रष्ट देखिन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।
जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद डा‍.लामाले जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच २०८२ मङ्सिर २४ गते भएको सम्झौता स्मरण गराउँदै हुबहु कार्यान्वयन गर्न माग गरेका हुन् । ...