नेभिगेशन
सबै कुरा

पशुपति क्षेत्र विकास कोषको दोहोरो चरित्र : बुढासुब्बासँग सवा कराेडमा सम्झौता तर सूचनामा आपत्ति

काठमाडाैँ । बुढासुब्बा डिजिटल प्रालिले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भनी प्रकाशित गरेको सूचनाप्रति पशुपति क्षेत्र विकास कोषले ध्यानाकर्षण भएको जनाएको छ । साथै उक्त सूचनामा कोषको लोगो प्रयोग भएकाप्रति कोषले आपत्ति जनाएको छ । 

“बुढासुब्बा डिजिटल प्रालिले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न सख्त मनाही छ । यहाँ खिचिएका भिडियो सामग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रायोजनका लागि राखिएमा डिजिटल कपिराइट ऐनअन्तर्गत कारबाही हुने जानकारी गराउदछौँ’ भन्ने सूचना प्रकाशित भएको थियो । 

पशुपतिनाथको आरती बिक्री : यस्तो छ कोष र बुढासुब्बाबिचको सम्झौता

यही सूचनालाई सेयर गर्दै सामाजिक सञ्जालमा पशुपति क्षेत्र विकास कोषको चर्को आलोचना भईहरेको छ । कोषले ध्याकर्षण भएको र आफ्नो संलग्नता नभएको भन्दै आफ्नै दोहोरो चरित्र देखाएको छ । किनकी कोषले बोलपत्र नै आह्वान गरेर कर बाहेक मासिक १ लाख ६० हजार रुपैयाँमा गांगा आरती र कोर क्षेत्रको दिप प्रज्वलनको डिजिटल राइट बेचेको थियाे । सम्झौता गर्दा बुढासुब्बा डिजिटलले ६३ महिनाको बैंक जमानत बापत १ करोड १३ लाख ९० हजार ४०० रुपैयाँ समेत बुझाएको छ । तर अहिले कोषले सो सूचनामा यसबारे खुलाएको छैन । लोगो प्रयोगको विषयमा आपत्ति मात्रै जनाएको छ । र सूचनामा उल्लेख भएको विषयको तथ्य के हो भन्ने चाहीँ खुलाएको छैन । यसबाट आलोचना भएपछि कोष आफू पन्छनको लागि सूचना प्रकाशन गरेको प्रष्ट देखिन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाका ३४ केन्द्रीय सदस्यले तिरेनन् पार्टी लेबी, तोसिमा र गणेश कार्की ‘गरिब’

रास्वपाका ३४ केन्द्रीय सदस्यले तिरेनन् पार्टी लेबी, तोसिमा र गणेश कार्की ‘गरिब’

निर्वतनमा सांसद तोसिमा कार्कीले पनि पार्टीलाई लेबी तिर्न नसक्ने जनाएकी छिन् । कोषाध्यक्ष अधिकारीका अनुसार रास्वपामा पदाधिकारी,केन्द्री सदस्य तथा कुनै पनि तहका नेता कार्यकताले आर्थिक अवस्था उल्लेख गरी...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले वर्तमान सरकार असंवैधानिक भएको दोहराउदै देशलाई छाडा ढंगले चलाउनका लागि संसद भंग गरिएको आरोप लगाए ।
काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस १५ औं महाधिवेशन बृहत दबाबमूलक भेलामा बोल्दै उनीहरुले अहिले पार्टीलाई बलियो बनाएर देशमा देखिएका संकट समाधानका लागि ध्यान केन्द्रीत गर्नुपर्ने समयमा विशेष महाधिवशेन...

भर्खरै