नेभिगेशन
सबै कुरा

रास्वपा महामन्त्री ढकाललाई प्रश्न : जय शंकर भेट्न रास्वपा नेता गएनन् कि बोलाइएन ?

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौँको २ दिने भ्रमण सकेर शुक्रबार दिल्ली फर्किए । नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर बिहीबार पौने १० बजे काठमाडौँं ओर्लिएका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँमा २६ घण्टा बिताएर दुई देशबीच विद्युत व्यापार सम्झौता र केही राजनीतिक भेटघाट गरेर जय शंकर दिल्ली उँडे । काठमाडौँ बसाईको दौरान होटल म्यारिएट्समा बास बसेका जयशंकरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीसँग भेट गरे भने होटल द्धारिकामा  सत्ता साझेदार र प्रतिपक्षी दलका शिर्ष नेतासँग भेट गरे ।

Ncell
Extreme Energy

भारतका विदेश मन्त्रीसँग पूर्वप्रधानमन्त्रीदेखि सत्ता साझेदार र प्रमुख प्रतिपक्षी दलका प्रमुख नेतासहित केही नयाँ उदाएका दलका प्रमुख समेतले लाम लागेर भेट गरेको भन्दै सामाजिक सञ्जालमा तिब्र आलोचना भइरहेको छ । नेपाल भारत व्यापार र द्धिपक्षीय वार्तामा केन्द्रित भ्रमण सकेर जय शंकर भ्रमण फर्किए पनि उनको भ्रमणको बाछिटा भने नेपालमा कायमै छ ।

सत्ताको प्रमुख घटक नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतसँग भेट गरे । तराईमा नयाँ शक्तिको रुपमा उदाएको जनमत पार्टीका अध्यक्ष सिके राउतसमेतले लामबद्ध भएर भारतीय विदेश मन्त्रीसँग भेट गरे । 

तर, चौथो ठूलो राजनीतिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा भने भारतीय विदेशमन्त्रीको भ्रमण दृश्यमा कतै पनि देखिएन । भारतीय विदेशमन्त्री भेट्न आफ्नो राजनीतिक हैसियत भुलेर शिर्षसहित अन्य दलका नेताहरु होटलका कोठामा पुग्दा रास्वपालाई बोलाइएन कि बोलाएर पनि उपस्थित जनाईएन भनेर सिधा कुराले रास्वपा प्रवक्ता डा.मुकुल ढकाललाई सोधेको थियो ।

रास्वपा प्रवक्ता समेत रहेका महामन्त्री डा. ढकालका अनुसार भारतीय विदेशमन्त्री जयशंकरको सम्मानमा परराष्ट्र मन्त्रालयले आयोजना गरेको डिनरमा रास्वपालाई निमन्त्रणा गरिएको थियो ।समकक्षी जयशंकरको सम्मानमा होटल याक एण्ड यतिमा आयोजित डिनरका लागि परराष्ट्र मन्त्री एनपी साउदले रास्वपा सभापति रवि लामिछानेलाई नै निमन्त्रणा पठाएका थिए ।

तर लामिछानेले व्यस्तता देखाएर डिनर मिटिङमा सहभागी भएनन् । महामन्त्री ढकालका अनुसार जयशंकरसँग भेट्ने औपचारिक कार्यक्रम तय भएको थिएन । ढकालले भने, ‘जयशंकरसँग सभापति ज्यूले भेट्ने औपचारिक कार्यक्रम थिएन, होटलमा लाइन बसेर मिटिङ गर्न हामीले चासो राखेनौँ ।’ रास्वपालाई जयशंकरले भेट्न नखोजेका हुन् ? भन्ने प्रश्नमा ढकालले भने, ‘रास्वपाले भेट्न लबिङ नै नगरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।
जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद डा‍.लामाले जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच २०८२ मङ्सिर २४ गते भएको सम्झौता स्मरण गराउँदै हुबहु कार्यान्वयन गर्न माग गरेका हुन् । ...