नेभिगेशन
सबै कुरा

रास्वपा महामन्त्री ढकाललाई प्रश्न : जय शंकर भेट्न रास्वपा नेता गएनन् कि बोलाइएन ?

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौँको २ दिने भ्रमण सकेर शुक्रबार दिल्ली फर्किए । नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर बिहीबार पौने १० बजे काठमाडौँं ओर्लिएका थिए ।

काठमाडौँमा २६ घण्टा बिताएर दुई देशबीच विद्युत व्यापार सम्झौता र केही राजनीतिक भेटघाट गरेर जय शंकर दिल्ली उँडे । काठमाडौँ बसाईको दौरान होटल म्यारिएट्समा बास बसेका जयशंकरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीसँग भेट गरे भने होटल द्धारिकामा  सत्ता साझेदार र प्रतिपक्षी दलका शिर्ष नेतासँग भेट गरे ।

भारतका विदेश मन्त्रीसँग पूर्वप्रधानमन्त्रीदेखि सत्ता साझेदार र प्रमुख प्रतिपक्षी दलका प्रमुख नेतासहित केही नयाँ उदाएका दलका प्रमुख समेतले लाम लागेर भेट गरेको भन्दै सामाजिक सञ्जालमा तिब्र आलोचना भइरहेको छ । नेपाल भारत व्यापार र द्धिपक्षीय वार्तामा केन्द्रित भ्रमण सकेर जय शंकर भ्रमण फर्किए पनि उनको भ्रमणको बाछिटा भने नेपालमा कायमै छ ।

सत्ताको प्रमुख घटक नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतसँग भेट गरे । तराईमा नयाँ शक्तिको रुपमा उदाएको जनमत पार्टीका अध्यक्ष सिके राउतसमेतले लामबद्ध भएर भारतीय विदेश मन्त्रीसँग भेट गरे । 

तर, चौथो ठूलो राजनीतिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा भने भारतीय विदेशमन्त्रीको भ्रमण दृश्यमा कतै पनि देखिएन । भारतीय विदेशमन्त्री भेट्न आफ्नो राजनीतिक हैसियत भुलेर शिर्षसहित अन्य दलका नेताहरु होटलका कोठामा पुग्दा रास्वपालाई बोलाइएन कि बोलाएर पनि उपस्थित जनाईएन भनेर सिधा कुराले रास्वपा प्रवक्ता डा.मुकुल ढकाललाई सोधेको थियो ।

रास्वपा प्रवक्ता समेत रहेका महामन्त्री डा. ढकालका अनुसार भारतीय विदेशमन्त्री जयशंकरको सम्मानमा परराष्ट्र मन्त्रालयले आयोजना गरेको डिनरमा रास्वपालाई निमन्त्रणा गरिएको थियो ।समकक्षी जयशंकरको सम्मानमा होटल याक एण्ड यतिमा आयोजित डिनरका लागि परराष्ट्र मन्त्री एनपी साउदले रास्वपा सभापति रवि लामिछानेलाई नै निमन्त्रणा पठाएका थिए ।

तर लामिछानेले व्यस्तता देखाएर डिनर मिटिङमा सहभागी भएनन् । महामन्त्री ढकालका अनुसार जयशंकरसँग भेट्ने औपचारिक कार्यक्रम तय भएको थिएन । ढकालले भने, ‘जयशंकरसँग सभापति ज्यूले भेट्ने औपचारिक कार्यक्रम थिएन, होटलमा लाइन बसेर मिटिङ गर्न हामीले चासो राखेनौँ ।’ रास्वपालाई जयशंकरले भेट्न नखोजेका हुन् ? भन्ने प्रश्नमा ढकालले भने, ‘रास्वपाले भेट्न लबिङ नै नगरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाका ३४ केन्द्रीय सदस्यले तिरेनन् पार्टी लेबी, तोसिमा र गणेश कार्की ‘गरिब’

रास्वपाका ३४ केन्द्रीय सदस्यले तिरेनन् पार्टी लेबी, तोसिमा र गणेश कार्की ‘गरिब’

निर्वतनमा सांसद तोसिमा कार्कीले पनि पार्टीलाई लेबी तिर्न नसक्ने जनाएकी छिन् । कोषाध्यक्ष अधिकारीका अनुसार रास्वपामा पदाधिकारी,केन्द्री सदस्य तथा कुनै पनि तहका नेता कार्यकताले आर्थिक अवस्था उल्लेख गरी...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले वर्तमान सरकार असंवैधानिक भएको दोहराउदै देशलाई छाडा ढंगले चलाउनका लागि संसद भंग गरिएको आरोप लगाए ।
काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस १५ औं महाधिवेशन बृहत दबाबमूलक भेलामा बोल्दै उनीहरुले अहिले पार्टीलाई बलियो बनाएर देशमा देखिएका संकट समाधानका लागि ध्यान केन्द्रीत गर्नुपर्ने समयमा विशेष महाधिवशेन...

भर्खरै