नेभिगेशन
सबै कुरा

भ्रष्टाचारको लोभमा प्रदेश सरकारले देखाएको उग्रताको कारण चिकित्सकको हत्या भयो : मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सर्लाहीको बरहथवामा  मधेस प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार गर्ने लोभमा देखाएको राजनीतिक उग्रताको कारण एक चिकित्सक युवाको हत्या गरेको अरोप लगाएका छन् । साथै उनले प्रशासनको भूमिकामाथि पनि प्रश्न गर्दै सत्तापक्षको ठेकेदार हुने छुट नभएको उल्लेख गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भनेका छन्, ‘सर्लाहीको बरहथवामा मधेस प्रदेश सरकारको सत्तापक्षले स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार गर्ने लोभमा देखाएको राजनीतिक उग्रताको कारण एक चिकित्सक युवाको हत्या गर्यो। प्रशासनले समाजमा एक सन्तुलित सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्छ, सत्तापक्षको ठेकेदार हुने छुट छैन।’

Ncell
Extreme Energy

सर्लाहीको बरहथवा–६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनका क्रममा स्थानीय युवा जयशंकर साहको मृत्यु भएको थियो । प्रदर्शन नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले शुक्रबार बेलुका साढे ५ बजेदेखि आज बिहान ८ बजेसम्मको लागि कफ्र्यु जारी गरेको थियो । कफ्र्युको समय सकिएपनि आज बिहान ८ बजेदेखि भोलि  बिहान ८ बजेसम्मको लागि निषेधाज्ञा भने जारी रहेको प्रशासन कार्यालयले जनाएको छ । 

साथै शुक्रबार प्रदर्शनका क्रममा मारिएका स्थानीय युवा जयशंकर साह आन्दोलनकारी नभएको पनि प्रमाणित भएको छ । सर्लाहीका प्रहरी प्रमुख एसपी प्रविण धितालले मृतक युवा आन्दोलनकारी नभएको बताएका हुन् । उनि होटल तथा कुखुरा दानाको होलसेल विक्रेता हुन् । आन्दोलनकारीले हतियार खोस्न खोज्दा चलेको गोली साहलाई लागेको पाइएपनि थप अनुसन्धान जारी रहेको प्रहरीको दाबी छ । 

साहको शव अहिलेसम्म उठेको छैन । साहको शव सडकमै राखेर स्थानीयले प्रदर्शन जारी राखेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सदन बाहिर नबोलेका मन्त्री महाबीर पुनलाई संसदीय समितिले बोलायो

सदन बाहिर नबोलेका मन्त्री महाबीर पुनलाई संसदीय समितिले बोलायो

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन अहिले चर्चाको केन्द्रमा छन् ।
सभापतिको निर्देशनपछि मधेश झर्दै रास्वपाका सांसद

सभापतिको निर्देशनपछि मधेश झर्दै रास्वपाका सांसद

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु मधेशतिर झरेका छन् । कोही स्थलमार्ग त कोही हवाई मार्गबाट मधेश प्रदेशतिर लागेका हुन् ।
राष्ट्रिय सभाको बैठक बस्दै, गृहमन्त्री गुरुङले जवाफ दिने कार्यसूची

राष्ट्रिय सभाको बैठक बस्दै, गृहमन्त्री गुरुङले जवाफ दिने कार्यसूची

संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
राष्ट्रपतिले शितल निवासमा बोलाएर प्रधानमन्त्रीलाई के भने ?

राष्ट्रपतिले शितल निवासमा बोलाएर प्रधानमन्त्रीलाई के भने ?

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार उनीहरूबिच १५ मिनेट संवाद भएको थियो ।  प्रधानमन्त्री बनेपछि औपचारिक कार्यक्रममा बाहेक पहिलो पटक राष्ट्रपतिलाई भेट्न पुगेका बालेनले सुनसरी घटना र मुलुकमा...