नेभिगेशन
सबै कुरा

भ्रष्टाचारको लोभमा प्रदेश सरकारले देखाएको उग्रताको कारण चिकित्सकको हत्या भयो : मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सर्लाहीको बरहथवामा  मधेस प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार गर्ने लोभमा देखाएको राजनीतिक उग्रताको कारण एक चिकित्सक युवाको हत्या गरेको अरोप लगाएका छन् । साथै उनले प्रशासनको भूमिकामाथि पनि प्रश्न गर्दै सत्तापक्षको ठेकेदार हुने छुट नभएको उल्लेख गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भनेका छन्, ‘सर्लाहीको बरहथवामा मधेस प्रदेश सरकारको सत्तापक्षले स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार गर्ने लोभमा देखाएको राजनीतिक उग्रताको कारण एक चिकित्सक युवाको हत्या गर्यो। प्रशासनले समाजमा एक सन्तुलित सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्छ, सत्तापक्षको ठेकेदार हुने छुट छैन।’

Ncell
Extreme Energy

सर्लाहीको बरहथवा–६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनका क्रममा स्थानीय युवा जयशंकर साहको मृत्यु भएको थियो । प्रदर्शन नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले शुक्रबार बेलुका साढे ५ बजेदेखि आज बिहान ८ बजेसम्मको लागि कफ्र्यु जारी गरेको थियो । कफ्र्युको समय सकिएपनि आज बिहान ८ बजेदेखि भोलि  बिहान ८ बजेसम्मको लागि निषेधाज्ञा भने जारी रहेको प्रशासन कार्यालयले जनाएको छ । 

साथै शुक्रबार प्रदर्शनका क्रममा मारिएका स्थानीय युवा जयशंकर साह आन्दोलनकारी नभएको पनि प्रमाणित भएको छ । सर्लाहीका प्रहरी प्रमुख एसपी प्रविण धितालले मृतक युवा आन्दोलनकारी नभएको बताएका हुन् । उनि होटल तथा कुखुरा दानाको होलसेल विक्रेता हुन् । आन्दोलनकारीले हतियार खोस्न खोज्दा चलेको गोली साहलाई लागेको पाइएपनि थप अनुसन्धान जारी रहेको प्रहरीको दाबी छ । 

साहको शव अहिलेसम्म उठेको छैन । साहको शव सडकमै राखेर स्थानीयले प्रदर्शन जारी राखेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...