नेभिगेशन
समाज

चिया निर्यातको समस्या दीर्घकालीन रुपमै समाधान हुन्छ: उद्योग मन्त्री गौरी कुमारी

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले चिया निर्यातमा देखिएको समस्यालाई दीर्घकालीन रुपमा नै समाधान गर्न कूटनीतिक पहल भइरहेको बताएकी छिन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा बिभिन्न समयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री कुमारीले चिया निर्यातमा देखिएको समस्या हालका लागि समाधान भइसकेको भन्दै यसको दीर्घकालीन रुपमा नै समाधान गर्न कूटनीतिक पहल भइरहेको बताइन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसका लागि भारत सरकारलाई पत्राचार गरिएको, चिया व्यवसायीसँग छलफल गरिएको तथा भारतस्थती नेपाली दूतावासमार्फत निरन्तर समन्वय गरिरहेको उहाले बताइन् । 

Ncell
Extreme Energy

उनले हाल नेपालमा वार्षिक करिब २ करोड ६१ लाख किलो चिया उत्पादन हुने गरेको र  १८ जिल्लामा २० हजार ६ सय हेक्टर क्षेत्रफलमा चिया खेती भइरहेको बताइन् । 

आर्थिक वर्ष २०८१÷८२ मा नेपालबाट ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको चिया निर्यात भएकोमा ८० देखि ९० प्रतिशत निर्यात भारततर्फ हुने गरेको उहाले बताइन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसद् भवन परिसरमा जेनजी पार्क शिलान्यास

संसद् भवन परिसरमा जेनजी पार्क शिलान्यास

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरुको  स्मृतिमा संसद् भवन परिसरमा ‘जेनजी मेमोरियल पार्क’को शिलान्यास गरिएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छोबीच भेटवार्ता

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आइतबार सम्पन्न द्विपक्षीय भेटवार्ताका क्रममा गत २६ अगस्टमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता हुनुभएका गणतन्त्र कोरियाका नागरिकहरूको खोजी तथा उद्धार कार्यका विषयमा पनि गम्भीर...
बूढीगण्डकीको बाढीले नाम्रुङमा पुल र जलविद्युतमा क्षति, चुमनुब्रीवासी र पर्यटक समस्यामा

बूढीगण्डकीको बाढीले नाम्रुङमा पुल र जलविद्युतमा क्षति, चुमनुब्रीवासी र पर्यटक समस्यामा

थेराङ खोलाको बाढीले नाम्रुङबाट मनास्लु क्षेत्रतर्फ जाने पुल बगाएको छ भने सो बाढीले बूढीगण्डकीको बहाव बढ्न गई नाम्रुङभन्दा तल जङ्गलस्थित पुल पनि बगाएको जनाइएको छ ।
भोटेकोशी बाढीपछि हराइरहेका बाँकेका १६ आफन्तको डिएनए सङ्कलन

भोटेकोशी बाढीपछि हराइरहेका बाँकेका १६ आफन्तको डिएनए सङ्कलन

रसुवाको भोटेकोशी बाढीपछि हराइरहेका वा ज्यान गुमाएका व्यक्तिको शव पहिचानका लागि बाँकेका १६ जना आफन्तको डिएनए नमूना सङ्कलन गरिएको छ।

भर्खरै