नेभिगेशन
समाज

चिया निर्यातको समस्या दीर्घकालीन रुपमै समाधान हुन्छ: उद्योग मन्त्री गौरी कुमारी

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले चिया निर्यातमा देखिएको समस्यालाई दीर्घकालीन रुपमा नै समाधान गर्न कूटनीतिक पहल भइरहेको बताएकी छिन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा बिभिन्न समयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री कुमारीले चिया निर्यातमा देखिएको समस्या हालका लागि समाधान भइसकेको भन्दै यसको दीर्घकालीन रुपमा नै समाधान गर्न कूटनीतिक पहल भइरहेको बताइन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसका लागि भारत सरकारलाई पत्राचार गरिएको, चिया व्यवसायीसँग छलफल गरिएको तथा भारतस्थती नेपाली दूतावासमार्फत निरन्तर समन्वय गरिरहेको उहाले बताइन् । 

Marvel

उनले हाल नेपालमा वार्षिक करिब २ करोड ६१ लाख किलो चिया उत्पादन हुने गरेको र  १८ जिल्लामा २० हजार ६ सय हेक्टर क्षेत्रफलमा चिया खेती भइरहेको बताइन् । 

आर्थिक वर्ष २०८१÷८२ मा नेपालबाट ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको चिया निर्यात भएकोमा ८० देखि ९० प्रतिशत निर्यात भारततर्फ हुने गरेको उहाले बताइन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पार्टी कार्यालय बनस्थलीमा शनिबार बसेको रास्वपा सचिवालय बैठकले पत्रकारहरुमाथि भएको धरपकड गलत भएको निष्कर्ष निकाल्दै कुनै ढिलासुस्ती नगरि धरपकडको घटनाको छानबिन गर्दै दोषिलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको...
विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

‘यो क्षेत्र (न्यायालय) को पनि पुनर्संरचना हुनुपर्छ भन्ने महसुस पार्टीले गरेको छ,’ खरेलले भने । औपचारिकरुपमा प्रवक्ता खरेलले न्याय क्षेत्रमाथि उठेका विषहरूको निरुपण गर्ने प्रक्रिया अघि बढाउनका लागि...
संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

‘यसमा कहिले पनि दुविधा कसैले गर्नुपर्दैन । संविधान र लोकतन्त्र भन्दा माथि कोही पनि छैन । यसमा आँच आउने कुनै पनि क्रियाकलाप जो कोहीले पनि गरेको छ भने...
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।