नेभिगेशन
सबै कुरा

राष्ट्रिय सभाका १९ सीटका लागि सत्तारुढ दलहरूबीच यस्ताे भयाे भागबन्डा

राष्ट्रिय सभाका १९ सीटका लागि सत्तारुढ दलहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकमा भागबन्डा मिलेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दलहरूको सहमतिअनुसार कांग्रेसले १०, माओवादीले ६, नेकपा एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टीले १ सीट लिने कांग्रेस नेता रमेश लेखकले बताए । 

Ncell
Extreme Energy

शनिबार राति ढिलासम्म बसेको गठबन्धनको बैठकमा पनि यसैगरी सिट बाँडफाँट गर्ने छलफल भएको थियो । तर एकीकृत समाजवादीले तीन सिटमा दाबी गरेपछि  बैठक पुनः आइतबार बिहान बसेको थियो ।

आइतबार बसेको बैठकले कांग्रेसले कोशी प्रदेशमा १, मधेसमा १, बागमतीमा २, गण्डकीमा २ र सुदूरपश्चिममा २ सिट पाउने भएको छ भने कर्णाली र लुम्बिनीमा कांग्रेसले थप १–१ सिट पाउने सहमति भएको छ । 

त्यस्तै माओवादी केन्द्रले कोशीमा १, बागमतीमा १, गण्डकीमा १, लुम्बिनीमा १, कर्णालीमा १ र सुदूरपश्चिममा १ सिट पाउने भएको छ । 

एकीकृत समाजवादी बागमती र कर्णालीमा १–१ सिटमा चित्त बुझाएको छ भने जसपाले मधेस प्रदेशमा एकसिटमा चित्त बुझाएको छ । 
त्यस्तै गठबन्धनमा जनमोर्चा र जनमत पार्टीले समेत सिट दाबी गरेपनि उनीहरुलाई सिट बाँडफाँड भने गरिएको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...

भर्खरै