नेभिगेशन
समाज

एक पूर्वप्रहरीको अपराध श्रृंखला: जागिर छाडेर पेसेवर लुटेरा बने, कारागारबाट भागे

काठमाडौँ । गए राति जडीबुटीमा प्रहरीले गोली चलाएर पक्राउ गरेका गणेश कार्की कारागारबाट फरार रहेका कैदी रहेको खुलेको छ । 

काठमाडौँ बुढानीलकण्ठ नगरपालिका–३ चपली भद्रकालीका ४० वर्षीय कार्कीलाई लुटपाट गरेर भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्कीलाई शनिवार राति जडीबुटीस्थित रोयल पार्टी प्यालेस नजिकै जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको थियो । 

Ncell
Extreme Energy

भाग्ने क्रममा बायाँ खुट्टामा प्रहरीले चलाएको गोली लागेको जिल्ला प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईले जानकारी दिए । कार्कीलाई उपचारका लागि ट्रमा सेन्टरमा राखिएको छ । 

कार्कीको समूहले शनिवार दिउँसो सुके धारामा एक महिलामाथिको साथ सुनसहितका गरगहना लुटपाट गरेका थिए । 

पूर्व प्रहरी देखि  पेसेवर लुटेरा
लुटपाटको घटनामा पक्राउ परेका कार्कीको विभिन्न आपराधिक घटनामा संलग्न पूर्व प्रहरी तथा कारागारबाट फरार भएका कैदी समेत रहेको प्रहरीले जनाएको छ । 

कार्की २०६१ सालमा प्रहरी जवान पदमा भर्ना भएका थिए । उनले २०६४ सालमा सेवा छाडेका थिए ।

प्रहरी सेवा छाडेपछि उनी आपराधिक गतिविधिमा संलग्न भएको देखिन्छन् । 

उनी विरुद्ध २०६४ साल मङ्सिर ९ गते अभद्र व्यवहारको कसुरमा प्रहरी वृत्त बौद्धमा र सोही वर्ष पुस ८ गते हातहतियार तथा खरखजाना मुद्दा बालाजु प्रहरी वृत्तमा दर्ता भएको थियो ।

त्यसपछि २०६८ साल वैशाख २ गते कर्तव्य ज्यान मुद्दामा संलग्न भई दोषी ठहर भएपछि २०६८ असार २० गतेदेखि २०७८ असोज ३ गतेसम्म कैद सजाय भुक्तान गरेका थिए ।

सजाय भुक्तानपछि पनि उनी चोरी तथा डाँका चोरीका मुद्दामा पुन: पक्राउ परेका थिए । 

प्रहरीका अनुसार २०७८ साल फागुन ३ गते   ललितपुर प्रहरीमा चोरी मुद्दा र २०७८ साल फागुन २६ गते प्रहरी वृत्त गौशालामा डाँका चोरी मुद्दा दर्ता भएको थियो ।

२०७९ सालमा डाँका चोरीमा ६ वर्ष सजाएँ भई उनलाई केन्द्रीय कारागारमा राखिएको थियो । 

तर २०८२ भदौ २४ गतेको जेन-जी आन्दोलनका बेला उनी कारागारबाट फरार भएका थिए ।

फरार भएपछि उनले काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा चोरी, लुटपाट तथा प्रहरीको परिचय दुरुपयोग गरी आपराधिक गतिविधि सञ्चालन गरेको आरोप प्रहरीले लगाएको छ ।

प्रहरीका अनुसार कार्कीले कपन क्षेत्रमा महिला साथीलाई भेट्न जाँदा पक्राउ गर्न पुगेका सादा पोसाकका प्रहरीमाथि धुलो र खुर्सानी छर्केर आक्रमण गरी फरार भएका थिए ।

यस्तै, गौशालामा २०८२ साल असोज ७ गते एक बिजुली पसलमा चोरी तथा लुटपाट गरेको, माघ ११ गते पिङ्लास्थान क्षेत्रमा विदेश जान लागेका एक व्यक्तिबाट नगद ५ हजार रुपैयाँ र मोबाइल फोन लुटेको, चैत महिनामा शान्तिनगरमा गुल्लु खान भन्ने व्यक्तिको मोबाइल फोन लुटपाट गरेको आरोप उनीमाथि छ ।

२०८२ साल फागुन महिनामा पनि तिलगंगामा आफूलाई प्रहरी भएको परिचय दिँदै लागुऔषध र नगद १ हजार ५०० रुपैयाँ लुटेको आरोप उनीमाथि छ ।

उनले पशुपति क्षेत्र, जोरपाटी तथा एयरपोर्ट आसपासका क्षेत्रमा समेत आफूलाई प्रहरीको परिचय दिँदै लागुऔषध प्रयोगकर्ता तथा विदेश जाने यात्रुलाई लक्षित गरी लुटपाट गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, सुन्दरीजल क्षेत्रबाट एक स्कुटर चोरेर कलंकी क्षेत्रमा छाडेको घटनामा समेत उनको संलग्नता रहेको प्रहरीको दाबी छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।