नेभिगेशन
सबै कुरा

माओवादी केन्द्रले टुङ्गो लगायो राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टीको पदाधिकारी बैठकले उम्मेदवार टुङ्गो लगाएको हो । 

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलका अनुसार कोशी प्रदेशबाट चम्पादेवी कार्की, बागमती प्रदेशमा श्रीकृष्ण अधिकारी, गण्डकी प्रदेशमा मनरुपा शर्मा, लुम्बिनी प्रदेशमा झक्कु सुवेदी, कर्णली प्रदेशमा विष्णु विश्वकर्मा र सुदूरपश्चिम प्रदेशमा रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको छ । 

Global Ime Bank

सत्ता गठबन्धनको आज बसेको बैठकले संयुक्तरुपमा उम्मेदवार उठाउने निर्णय गर्दैै सिट बाँडफाँट गरेको थियो । सोही बाँडफाँटमा माओवादी केन्द्रको भागमा छ सिट परेको थियो । सत्तागठबन्धनको बैठकलगत्तै बसेको पदाधिकारी बैठकले उम्मेदवार तय गरेको हो । 

राष्ट्रियसभा सदस्यका लागि सोमबार मनोनयन हुँदैछ । आगामी माघ ११ गते राष्ट्रियसभा सदस्यको रिक्त सदस्यका लागि निर्वाचन हुँदैछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नुवाकोटमा घरमा बाढी पसेपछि बेपत्ता भएकी महिलाको खोजी गर्न कुकुर परिचालन

नुवाकोटमा घरमा बाढी पसेपछि बेपत्ता भएकी महिलाको खोजी गर्न कुकुर परिचालन

नुवाकोटको ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा अविरल वर्षाका कारण पानीको बहाव बढ्न जाँदा ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी थिइन् । बलामीको खोजीका लागि सशस्त्र प्रहरी सहायक निरीक्षक...
एयरपोर्ट गेट नजिकैको होटलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

एयरपोर्ट गेट नजिकैको होटलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सिरहाको सिरहा नगरपालिका–८ का ४० वर्षिय मोहम्मद अख्तर मिया र धनुषाको कमला नगरपालिका–८ बस्ने ४२ वर्षिय सामन यादवलाई नियन्त्रणमा लिइएको...
झो छेँमा विपदको अवस्थामा  खोज, उद्धार तथा सुरक्षित स्थानान्तरण सम्बन्धी अभ्यास (तस्विरहरु)

झो छेँमा विपदको अवस्थामा  खोज, उद्धार तथा सुरक्षित स्थानान्तरण सम्बन्धी अभ्यास (तस्विरहरु)

स्थानीय घरबाट उद्धार अभ्यास गर्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौँ महानगरपालिकाका टोलीले संयुक्त रूपमा विपद व्यवस्थापन अभ्यासमा सहभागिता जनाएका थिए ।
९ जनाको हत्या अभियोगमा जापानमा एक व्यक्तिलाई मृत्युदण्ड

९ जनाको हत्या अभियोगमा जापानमा एक व्यक्तिलाई मृत्युदण्ड

शिराइसीलाई टोकियो हिरासत गृहमा गोप्य रूपमा फाँसी दिइएको थियो र मृत्युदण्ड सम्पन्न नभएसम्म केही पनि खुलासा गरिएको थिएन ।