नेभिगेशन
समाज

लोकतन्त्र टिकाउन पनि मध्यम वर्गले सुरक्षित महसुस गर्नुपर्छ: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लोकतन्त्र टिकाउन पनि मध्यम वर्गले सुरक्षित महसुस गर्नुपर्ने बताएका छन् ।

बजेटका बारेमा जानकारी दिन आज अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वाग्लेले मध्यम वर्गको संख्यालाई बढाउनु पर्ने बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पत्रकार सम्मेलनमा उनले भने– ‘लोकतन्त्र टिकाउन पनि र विकासका परम्परागत मानकलाई न्याय गर्न पनि मध्यम वर्गले सुरक्षित महसुस गर्नुपर्छ ।’ उनले आफूहरु चुनावमा जाँदा नै मध्यम वर्ग विस्तार गर्ने भनेर गएको स्मरण गराए । उनले भने– हामी जनतामा जाँदा नै मध्यम वर्ग विस्तार गर्ने भनेर गएको हो, निम्न आय भएकालाई पनि मध्यम वर्गमा उकास्ने हो।’ 

Ncell
Extreme Energy

अर्थमन्त्री वाग्लेले मानव विकास सूचकांकका सबै क्षेत्रलाई अध्ययन गरेर बजेट बनाइएको बताए । उनले भने– ‘म आफैं ह्यमुन डेभलेपमेन्ट इन्डेक्समा संलग्न भएको ३२ वर्ष भयो, यसका सबै विषयलाई अध्ययन गरेर बजेट बनाइएको हो ।’

अर्थमन्त्री वाग्लेले चुनावअघि रास्वपाले गरेको करारनामा, चुनावी घोषणापत्र, सरकारको शासकीय सुधारका सूची र नीति तथा कार्यक्रमको आधारमा बजेट तयार पारिएको बताए ।

उनले बजेटको आकारका हिसाबले महत्वाकांक्षी नभएको पनि दाबी गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुने भएको छ ।
जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्  ।
४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

हिमताल विस्फोटनबाट हुने बाढी (जीएलओएफ) को जोखिम घटाउन नेपालका चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउन सरकारले तयारी थालेको छ ।