नेभिगेशन
समाज

अदालतमा मुद्दा छ, वीरगंजका मेयर कहाँ छन् ?

काठमाडौँ । वीरगंज महानगरपालिकाका मेयर राजशेमान सिंहविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको १७ दिन बितिसक्दा पनि न उनलाई प्रहरीले पक्राउ गरेको छ, न उनको मुद्दामा अदालतमा सुनुवाइ भएको छ ।

गत बुधबार बिहानै पर्सा जिल्ला अदालतमा हाजिर भएका मेयर सिंह त्यसयता कहाँ छन्, कसैलाई पत्तो छैन । सो दिन उनीविरुद्धको मुद्दा पेशीमा नचढेपछि उनी अदालतबाट कसको अनुमतिमा बाहिरिए भन्ने पनि खुलेको छैन । दुई दिनअघि उनी भारत विहारको सिवानमा रहेको फोटो सार्वजनिक भएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत जेठ १ गते सरकारी वकिलको कार्यालयले उनीसहित चार जनाविरुद्ध झुठो विवरण पेस गरी नागरिकता बनाएको र लिखत सम्बन्धी कसुरका ४ वटा मुद्दा दायर गरेको थियो ।

Ncell
Extreme Energy

जिल्ला सरकारी वकिलको कार्यालय पर्साले लिखत सम्बन्धी कसुरमा दायर गरेको मुद्दामा मेयर सिंह सहित चारजनालाई ७ वर्ष कैद र ७० हजार जरिवाना वा दुवै सजाय माग गरेको छ । यसप्रकृतिको मुद्दामा मुद्दा दायर भएसँगै पक्राउ पुर्जि जारी हुनुपर्नेमा मेयर सिंहको हकमा भने जेठ ८ गते पक्राउ पुर्जी जारी भई १२ गते मात्रै सार्वजनिक गरिएको थियो । जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीमा मिति ‘जेठ ८ गते’ लेखिएको छ भने यसको जानकारी जिल्ला प्रहरी कार्यालय पर्साले १२ गते मंगबार साँझ मात्रै पाएको सूचना प्रहरी नायब उपरीक्षक हरि बस्नेतले सञ्चारकर्मीहरुको ह्वाटस्एप ग्रुपबाट जानकारी गराएका थिए ।

गत बुधबार बिहान मेयर सिंह आफ्ना कानुनी सल्लाहकार कमलमोहन पोखरेलसहित पर्सा जिल्ला अदालत परिसर पुगेका थिए। प्रत्यक्षदर्शीका अनुसार दलबलसहित अदालत पुगेर जिल्ला अदालतका रजिष्ट्रार प्रभाकर मल्लिकसँग कुराकानी गरेर मेयर सिंहले अदालत परिसरमै फोटो भिडियो तथा विभिन्न ग्रुप फोटो खिचाएका थिए । त्यसपछिे मेयर सिंहलाई जिल्ला अदालतले ‘मुद्दाको चाप भएकाले आज सुनवाइ नहुने’ जानकारी गराएपछि उनी फर्किएको मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले विभिन्न मिडियामा प्रतिक्रिया दिएका थिए ।

पक्राउ पुर्जी जारी भइसकेपछि मेयर सिंह अदालत पुगे पनि उनलाई पक्राउ नगरिनुले अदालत प्रशासन र प्रहरी प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठाएको भन्दै आलोचना भइरहेको छ । कतिपयले श्रेस्तेदार प्रभाकर मल्लिकको संरक्षण र सल्लाहमा मेयर सिंह अदालत पुगेको र उनकै सल्लाहमा मेयर बाहिरिएको दाबी गरेका छन् । श्रेस्तेदार मल्लिकले ‘पछि उहाँ आफैँ उपस्थिति हुनुहुन्छ’ भनेर सिधाकुरासँग प्रतिक्रिया दिएका थिए ।

बुधबार मेयर सिंहको मुद्दामा बयान र बहस नभएपछि ४ दिनसम्म थुनामा बस्नुपर्ने हुन्थ्यो । तर, थुनामा बस्नबाट जोगिन सोमबार उपस्थित हुने गरी उनी अदालतबाट बाहिरिएको बुझिएको छ ।

मेयर सिंह निकट स्रोतका अनुसार, उनी भोलि सोमबार अदालतमा उपस्थित हुने छन् । उनी उपस्थित भएपछि भोलि नै बयान र थुनछेक बहस गराउने तयारी अदालत प्रशासनले गरेको स्रोतको दाबी छ ।

अर्काकी छोरीलाई आफ्नो छोरी भनी पञ्जीकरण अधिकारीको नक्कली हस्ताक्षर गरी जन्मदर्ता, नागरिकता तथा रहदानी बनाएको आरोप मेयर सिंहमाथि लागेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुने भएको छ ।
जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्  ।
४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

हिमताल विस्फोटनबाट हुने बाढी (जीएलओएफ) को जोखिम घटाउन नेपालका चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउन सरकारले तयारी थालेको छ ।