नेभिगेशन
सबै कुरा

चीनले हाम्रो नयाँ नक्सालाई मान्यता नदिएपछि भ्रमण स्थगित गरेँ–बालेन

१४ काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले चीनले नेपालको नयाँ नक्सालाई मान्यता नदिएका कारण आफ्नो ५ दिने चीन भ्रमण स्थगित गरेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले चीनको प्राकृतिक स्रोत मन्त्रालयले नेपालकाे नक्साकाे चुच्चे स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गर्नु हाम्रो संवेनशिलतमाथि चालेको गतत कदमको रुपमा बुझेको उल्लेख गरेका छन् । साेही कारण नैतिकताको आधारमा भ्रमणमा नजाने निर्णय गरेको उनकाे भनाई छ । 

Ncell
Extreme Energy

उनले लेखेका छन्, ‘हामी नेपालले  २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौँ । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको  नक्सा सार्वजनिक गरेको छ । नेपाली भूभागलाई  चीनले  नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो  संवेदनशीलतामाथि चालेको गलत कदम मानेका  छौँ ।

त्यसैले आज मेरो, चीनको निमन्त्रणामा   हुँदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।
बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।
सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

संघीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ ।