नेभिगेशन
समाज

१७ गतेको संसद बैठकमा भएको तोडफोड छानबिन गर्न समिति गठन

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले १७ गतेको बैठकमा भएको तोडफोड छानबिन गर्न समिति गठन गरेका छन् । उक्त दिन अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन तथा भौतिक हानी नोक्सानी समेत भएको भन्दै सो बारे छानबिन गर्न समिति गठन गरिएको हो । 

उक्त दिनको क्षति छानबिनका लागि प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीलाई संयोजक तोकिएको छ । संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिलाई अध्धयन गरी प्रतिवेदन पेस गर्न ७ दिनको समयावधी दिइएको छ । प्रतिवेदन प्राप्त भएपछि आवश्यक कारवाही अघि बढाउन सकिने सभामुख डोल प्रसाद अर्यालले जानकारी दिए । 

Ncell
Extreme Energy

सभामुख अर्यालले विपक्षी दलका सांसदहरुले हिजो राति (जेठ १७ गते) प्रतिनिधिसभाको बैठकमा गरेको अमर्यादित हर्कतका बारेमा परामर्श गरेका थिए । 

विपक्षी दलका सांसदहरुले सभामुखमाथि नै आक्रमण गर्ने, बैठक कक्षका कुर्सी, टेबल तथा माइक तोडफोड गर्ने, सत्तारुढ दलका सांसदहरुमाथि जाइलागेको लगायतका क्रियाकलाप गरेका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुने भएको छ ।
जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्  ।
४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

हिमताल विस्फोटनबाट हुने बाढी (जीएलओएफ) को जोखिम घटाउन नेपालका चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउन सरकारले तयारी थालेको छ ।