नेभिगेशन
समाज
संसदीय समिति

गठन भएको दुई महिनामा कार्यविधि बनाउँदै संसदीय समितिहरु

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौं । संसदीय समितिहरुले आफ्नो कामकारवाहीलाई विधिमा बाध्न कार्यविधि निर्माणको प्रक्रिया अगाडि बढाएका छन् । २७ चैतमा गठन भएका प्रतिनिधिसभाका १० वटा समिति र दुबै सदनको दुइटा संयुक्त समितिले कार्यविधि निर्माण अगाडि बढाएका हुन् । यीमध्ये संसदीय सुनुवाइ समितिले उत्कृष्ट कार्यविधि बनाएको छ ।

Ncell
Extreme Energy

समितिबाट सुनुवाइ भएर जाने प्रधानन्यायाधीश, न्यायाधीश, संवैधानिक आयोगका पदाधिकारी र राजदूतहरुले आफ्नो कार्यप्रगति विवरण प्रत्येक चार महिनामा सार्वजनिक गर्नुपर्ने जवाफदेही कार्यविधि सुनुवाइ समितिले बनाएको छ । अन्य समितिहरु भने कार्यविधि निर्माणकै चरणमा छन् ।

कार्यविधि निर्माण गर्न बुधबार दुइटा समितिको बैठक बस्दैछ । संसद् सचिवालयकाअनुसार समितिको कार्यक्षेत्र र कार्यविधि निर्माण सम्बन्धमा छलफल गर्न कानुन न्याय तथा मानवअधिकार समितिको बैठक विहान ९ बजे सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्दैछ ।

यसैगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पनि आज आफ्नो आन्तरिक कार्यविधि पारित गर्दैछ । कार्यविधि पारित गर्न समिति बैठक ११ बजे बोलाइएको छ । बैठकले उपसमिति गठन पनि गर्नेछ ।

यसैगरी समितिको आन्तरिक कार्यविधि सम्बन्धमा छलफल गर्न सार्वजनिक लेखा समितिको बैठक जेठ २१ गते विहीबार विहान ८ बजे बस्दैछ । बैठकमा लेखा उत्तरदायी अधिकृतहरूसँग बेरुजु न्यूनीकरण सम्बन्धी विषयमा पनि छलफल हुनेछ ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीले समितिका कामकारबाहीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न कार्यविधि बनाउने अभ्यास रहेको बताए । कतिपय समितिले कार्यविधि बनाइसकेको र बन्ने प्रक्रियामा रहेको उनको भनाइ
छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...

भर्खरै