नेभिगेशन
जनप्रतिनिधिका कुरा

सदनले नसकेको सांसदको हाजिरी विवरण रास्वपा सांसदले सम्हालेको शिक्षा समितिले सार्वजनिक गर्ने

प्रतिनिधिसभाको शिक्षा समितिले बनायो नियम, सांसदको हाजिरी विवरण वेबसाइटमा आउने

काठमाडौं ।  संघीय संसदमा कार्यान्वयनमा आउन नसकेको सांसदको हाजिरी विवरण सार्वजनिक गर्ने एजेण्डा रास्वपा सांसदले सम्हालेको संसदीय समितिले कार्यान्वयनमा ल्याउने भएको छ । यसका लागि नियम पनि बनाइसकिएको छ । 

रास्वपा सांसद डा. ओजस्वी शेरचन सभापति रहेको प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले पारदर्शिता र जवाफदेहिताका लागि सदस्यहरुको हाजिरी विवरण वेबसाइटमा प्रकाशन गर्ने निर्णय गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिले हालै पारित गरेको कार्यविधिको दफा २३ मा 'बैठकमा सदस्यहरुको उपस्थिति सम्बन्धी विवरण सभापतिले प्रत्येक महिना समाप्त भएपछिको बैठकमा जानकारी गराउने र समिति सचिवालयले प्रत्येक बैठकको उपस्थिति सम्बन्धी अभिलेख वेबसाइटमा प्रकाशन गर्नेछ' भनिएको छ । 

Ncell
Extreme Energy

यो व्यवस्थाअनुसार अब हरेक बैठकको उपस्थितिको हाजिरी सार्वजनिक हुने समिति सचिव दशरथ धमलाले बताए । उनकाअनुसार हाजिरी विवरण सार्वजनिक हुँदा पारदर्शिता र जवाफदेहितालाई मद्दत पुग्ने अपेक्षा समितिको छ । 
यसअघि प्रतिनिधि सभा र राष्ट्रिय सभामा हरेक बैठकको हाजिरी विवरण सार्वजनिक गर्ने चर्चा चले पनि कार्यान्वयनमा आउन सकेको छैन । सदन नै हाजिरी विवरण सार्वजनिक गर्न आनाकानी गरिरहेका बेला नयाँ राजनीति गर्ने भनेर आएको रास्वपाका सांसदले नियम बनाएर कार्यान्वयनमा लगेका छन् । 

यसैगरी समितिको कार्यविधिमा समय व्यवस्थापनलाई जोड दिइएको छ । बैठकको समय अनुमानयोग्य हुने, समयमा ख्याल गर्ने भनिएको छ । साथै बैठक चलिरहँदा मोबाइल फोन उठाउन नपाइने र आवश्यक परे सभापतिको अनुमति लिएर बाहिर गएर कुरा गर्नुपर्ने नियम पनि बनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुने भएको छ ।
जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्  ।
४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

हिमताल विस्फोटनबाट हुने बाढी (जीएलओएफ) को जोखिम घटाउन नेपालका चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउन सरकारले तयारी थालेको छ ।