नेभिगेशन
सबै कुरा

कैलाली–कञ्चनपुरमा चिसो बढ्दा जनजीवन प्रभावित

कञ्चनपुर । कैलाली–कञ्चनपुरमा हुस्सु र कुहिरोका कारण निकै चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । बिहानदेखि दिउसो १२ बजेको समयसम्म हुस्सु र कुहिरो लाग्ने गरेकाले दुई सातादेखि यहाँको जनजीवन चिसोका कारण प्रभावित भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कुहिरो र हुस्सुकै कारण बजार क्षेत्रका पसल ढिलोगरी खुल्न थालेका छन् । बजार क्षेत्रमा बिहानीको समयमा हुने चहलपहलको कार्यमा समेत कमी आएको छ । हुस्सु र कुहिरोकै कारण सडक क्षेत्रमा ‘भिजिविलिटी’ कम हुँदा सडक दुर्घटना हुने सम्भावना बढ्दै गएको छ । 

Ncell
Extreme Energy

“सडकमा पाँच मिटर परसम्म पनि बिहानीको समयमा कुहिरो र हुस्सुका कारण देख्न सकिने अवस्था हुँदैन”, ट्रयाक्टर चालक मानबहादुर डगौराले भने, “त्यही भएर बिहानै बालुवा बोक्न महाकालीतर्फ जान्थ्यौँ, हाल ढिलोगरी जाने गरेका छौँ, चिसो पनि त्यतिकै छ ।” पूर्वपश्चिम राजमार्गमा चल्ने यात्रुबाहक सवारीसाधन चालकले पनि हुस्सु र कुहिरोकै कारण निकै सावधानी पूर्वक सवारी साधन चलाउनुपर्ने अवस्था रहेको छ ।  

विद्यालय जाने बालबालिका, बुढापाका, दीर्घरोगी, मजदुर, गन्तव्यमा जाने यात्रु चिसोबाट बढी प्रभावित भएका छन् । बिहानी कक्षामा पुग्ने विद्यार्थी चिसोका कारण कठ्याङ्ग्रिने समस्या हुन थालेपछि केही विद्यालयले ढिलोगरी कक्षा सञ्चालन गर्न थालेका छन् । विद्यालयमै आगो ताप्ने व्यवस्था गरिएको छ । 

चिसोका कारण बालबालिकामा निमोनिया, रुघाखोकी र वृद्धवृद्धामा श्वासप्रश्वासको समस्या लिएर आउने बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दोरुपमा रहेको दीपनगर आधारभूत स्वास्थ्यचौकीका प्रमुख कृष्णराज जोशीले बताए । 

उनले शीतलहरबाट जोगिनका लागि घर बाहिर निस्कँदा शरीरभरि न्यानो हुनेगरी बाक्लो कपडा लगाउने, जुत्तासँगै बाक्लो मोजा लगाउने, तातोपानी लगायतको तरल पदार्थ बढी खानुपर्ने उहाँको सुझाव छ । ओढ्ने बिछ्याउने न्यानो कपडाको अभाव हुँदा जिल्लाका विभिन्न शिविरमा बस्दै आएका भूमिहीन परिवारले चिसोमै रात कटाउने गरेको दुखेसो गरेका छन् । 

वनहरा शिविरमा बस्दै आएका मानध्वज लुहारले झोपडीको छाना बनाउन राखिएको प्लाष्टिकको त्रिपालभित्रबाट शीतका थोपा चुहिने गरेकाले कपडा भिज्दा कठ्याङ्ग्रिँदो चिसोमै रात कटाउनुपर्ने बाध्यता भएको बताए । सामुदायिक वनबाट दाउरा ल्याउन नसक्दा झुपडीमा रातभरी आगो बालेर न्यानो गर्न नपाइएको उनको भनाइ छ । 

“चिसोका कारण बिरामी पर्न थालेपछि शिविरका अधिकांशले मजदुरी गर्न जान नसक्दा भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना भएको छ”, उनले भने, “चिसोले शरीरमा न्यानो गर्ने कपडाको जोहो मिलाउन सकेका छैनौँ, त्यही भएर मजदुरी गर्न जानै सकिएको छैन ।” कैलाली र कञ्चनपुरमा एक हप्ताअघिदेखि बिहानी पख र साँझपख निकै चिसो बढेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।
जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद डा‍.लामाले जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच २०८२ मङ्सिर २४ गते भएको सम्झौता स्मरण गराउँदै हुबहु कार्यान्वयन गर्न माग गरेका हुन् । ...