नेभिगेशन
मुख्य समाचार

पाँच दिनसम्म बन्द प्रतिनिधि सभा बैठक बस्दै, बजेटदेखि चारवटा विधेयक कार्यसूचीमा, हट्ला त विपक्षीको अवरोध ?

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । 

संघ र सात प्रदेशका सभामुखहरुको कैलालीमा आयोजिन सम्मेलनका लागि पाँच दिनसम्म बन्द रहेको प्रतिनिधि सभाको बैठक आज विहान ११ बजे बस्न लागेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधि सभा जेठ १७ देखि अवरुद्ध छ । १८ र १९ गतेको बैठक विपक्षीको अवरोधले चल्न सकेको थिएन । 

Marvel

प्रधानमन्त्री बालेन्द्र शाहले सीमासम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर विपक्षीले दुबै सदन अवरुद्ध गर्दै आएका छन् । 

प्रधानमन्त्रीले सदनमा आएर अभिव्यक्ति सच्याउनुपर्ने र माफी माग्नुपर्ने उनीहरुको अडान छ । यो नभएसम्म आज पनि सदन चल्न नदिने रणनीतिमा विपक्षी दलहरु छन् । 

विपक्षीहरुसँग सम्वाद गर्न रास्वपा सभापति रबि लामिछानेले विहान ९ बजे सर्वदलीय बैठक डाँकेका छन् । 

बजेटदेखि विधेयकसम्म कार्यसूची 

आजको प्रतिनिधि सभा बैठकमा बजेटमाथि छलफलदेखि चारवटा विधेयकसम्म कार्यसूची छ ।

संसद सचिवालयकाअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि छलफल प्रारम्भ हुनेछ । छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिनेछन् । 

त्यसपछि अर्थमन्त्री वाग्लेले बजेटसँग सम्बन्धित विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रस्तुत गर्नेछन् । 

त्यसपछि पर्यटनमन्त्री खडकराज पौडेलले पर्यटन विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर प्रस्ताव प्रस्तुत गर्नेछन् । सभाले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा पठाउनेछ । 

त्यसपछि श्रममन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी १९४७ नम्बर ८१ र अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९ पेस गर्ने कार्यसूची छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पार्टी कार्यालय बनस्थलीमा शनिबार बसेको रास्वपा सचिवालय बैठकले पत्रकारहरुमाथि भएको धरपकड गलत भएको निष्कर्ष निकाल्दै कुनै ढिलासुस्ती नगरि धरपकडको घटनाको छानबिन गर्दै दोषिलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको...
विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

‘यो क्षेत्र (न्यायालय) को पनि पुनर्संरचना हुनुपर्छ भन्ने महसुस पार्टीले गरेको छ,’ खरेलले भने । औपचारिकरुपमा प्रवक्ता खरेलले न्याय क्षेत्रमाथि उठेका विषहरूको निरुपण गर्ने प्रक्रिया अघि बढाउनका लागि...
संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

‘यसमा कहिले पनि दुविधा कसैले गर्नुपर्दैन । संविधान र लोकतन्त्र भन्दा माथि कोही पनि छैन । यसमा आँच आउने कुनै पनि क्रियाकलाप जो कोहीले पनि गरेको छ भने...
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।