नेभिगेशन
मुख्य समाचार

पाँच दिनसम्म बन्द प्रतिनिधि सभा बैठक बस्दै, बजेटदेखि चारवटा विधेयक कार्यसूचीमा, हट्ला त विपक्षीको अवरोध ?

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । 

संघ र सात प्रदेशका सभामुखहरुको कैलालीमा आयोजिन सम्मेलनका लागि पाँच दिनसम्म बन्द रहेको प्रतिनिधि सभाको बैठक आज विहान ११ बजे बस्न लागेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधि सभा जेठ १७ देखि अवरुद्ध छ । १८ र १९ गतेको बैठक विपक्षीको अवरोधले चल्न सकेको थिएन । 

Ncell
Extreme Energy

प्रधानमन्त्री बालेन्द्र शाहले सीमासम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर विपक्षीले दुबै सदन अवरुद्ध गर्दै आएका छन् । 

प्रधानमन्त्रीले सदनमा आएर अभिव्यक्ति सच्याउनुपर्ने र माफी माग्नुपर्ने उनीहरुको अडान छ । यो नभएसम्म आज पनि सदन चल्न नदिने रणनीतिमा विपक्षी दलहरु छन् । 

विपक्षीहरुसँग सम्वाद गर्न रास्वपा सभापति रबि लामिछानेले विहान ९ बजे सर्वदलीय बैठक डाँकेका छन् । 

बजेटदेखि विधेयकसम्म कार्यसूची 

आजको प्रतिनिधि सभा बैठकमा बजेटमाथि छलफलदेखि चारवटा विधेयकसम्म कार्यसूची छ ।

संसद सचिवालयकाअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि छलफल प्रारम्भ हुनेछ । छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिनेछन् । 

त्यसपछि अर्थमन्त्री वाग्लेले बजेटसँग सम्बन्धित विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रस्तुत गर्नेछन् । 

त्यसपछि पर्यटनमन्त्री खडकराज पौडेलले पर्यटन विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर प्रस्ताव प्रस्तुत गर्नेछन् । सभाले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा पठाउनेछ । 

त्यसपछि श्रममन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी १९४७ नम्बर ८१ र अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९ पेस गर्ने कार्यसूची छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रसुवा र नुवाकोटमा सय युनिटसम्म निशुल्क बिजुली दिने सरकारको तयारी

रसुवा र नुवाकोटमा सय युनिटसम्म निशुल्क बिजुली दिने सरकारको तयारी

सरकारले भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटमा सय युनिटसम्म निशुल्क विद्युत् उपलब्ध गराउने तयारी गरेको छ ।
भोटेकोशी बाढीले खोसेको खुसीः तीजको संघारमा रित्तिएका काख र सुनसान आँगन

भोटेकोशी बाढीले खोसेको खुसीः तीजको संघारमा रित्तिएका काख र सुनसान आँगन

भोटेकोशी बाढीले गाउँका पाँच जनालाई बेपत्ता पारेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरस्थित थपुवागाउँमा घरका आँगन सुनसान छन् ।
बाढीपीडित बालबालिकाको बालापन र भविष्य जोगाउन सरकारले ल्यायो ‘स्याहार योजना’

बाढीपीडित बालबालिकाको बालापन र भविष्य जोगाउन सरकारले ल्यायो ‘स्याहार योजना’

सरकारले विपद्का कारण आमाबाबु गुमाएका, परिवारबाट अलग भएका तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको तत्काल संरक्षणदेखि दीर्घकालीन स्याहार, पुनर्स्थापना र पारिवारिक पुनर्मिलनसम्मको व्यवस्था सुनिश्चित गर्न ‘स्याहार योजना’ कार्यान्वयनमा...
हरितालिका तीज : व्रत बस्दा मनोकामना पूरा हुने विश्वास

हरितालिका तीज : व्रत बस्दा मनोकामना पूरा हुने विश्वास

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज पर्व आज देवादिदेव महादेवको विधिपूर्वक पूजाआराधना गरी मनाइँदैछ ।