नेभिगेशन
सबै कुरा

राष्ट्रिय सभा निर्वाचनमा ५२ जनाको मनोनयन दर्ता

 काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि ५२ जनाले मनोनयन दर्ता गराएका छन् । १९ सीटका लागि हुन लागेको निर्वाचनका लागि सोमबार अपरान्ह ३ बजेसम्मका लागि आयोगले मनोनयन समय तोकेको थियो । 

आयोगकाअनुसार सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । कोशी प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट जम्मा ५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

मधेश प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट जम्मा ५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । बागमती प्रदेशमा महिला समूहका लागि ४ राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि ३ राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायका लागि ४ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ४ राजनीतिक दलका तर्फबाट जम्मा १५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगले विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

गण्डकी प्रदेशमा महिला समूहका लागि ३ राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट जम्मा ८ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । लुम्बिनी प्रदेशमा महिला समूहका लागि ३ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ४ राजनीतिक दलका तर्फबाट जम्मा ७ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

कर्णाली प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि २ राजनीतिक दलका तर्फबाट जम्मा ६ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

सुदूरपश्चिम प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि २ राजनीतिक दलका तर्फबाट जम्मा ६ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । 

सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ६, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदाय तर्फ ८, र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । 


राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८०
उम्मेदवारको मनोनयन पत्र दर्ताको विवरण
क्र.सं. प्रदेश समूह राजनीतिक दल उम्मेदवारको नाम
1 कोशी प्रदेश महिला नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) रुकमिणी  कोइराला
2 कोशी प्रदेश महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) चम्पा देवी कार्की
3 कोशी प्रदेश अन्य नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) पर्शुराम  अधिकारी
4 कोशी प्रदेश अन्य नेपाली काँग्रेस कृष्ण प्रसाद सिटौला
5 कोशी प्रदेश अन्य राष्ट्रिय प्रजातन्त्र पार्टी उद्धव पौडेल
6 मधेश प्रदेश महिला नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) उषा देवी थरुनी
7 मधेश प्रदेश महिला जनता समाजवादी पार्टी, नेपाल पुजा  चौधरी
8 मधेश प्रदेश अन्य नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) कुमारी विजेता झा
9 मधेश प्रदेश अन्य नेपाली काँग्रेस आनन्द प्रसाद ढुँगाना
10 मधेश प्रदेश अन्य जनमत पार्टी राम शंकर  महासेठ
11 बागमती प्रदेश महिला नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) रोच कुमारी चौलागाईं
12 बागमती प्रदेश महिला नेपाली काँग्रेस विष्णु देवी पुडासैनी
13 बागमती प्रदेश महिला राष्ट्रिय प्रजातन्त्र पार्टी बाल कुमारी डल्लाकोटी
14 बागमती प्रदेश महिला नेपाल मजदुर किसान पार्टी कृष्ण लक्ष्मी दुवाल
15 बागमती प्रदेश दलित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) ध्रुव राज विश्‍वकर्मा
16 बागमती प्रदेश दलित नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) घनश्याम  रिजाल
17 बागमती प्रदेश दलित नेपाल मजदुर किसान पार्टी संगिता  नेपाली
18 बागमती प्रदेश अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक समुदाय नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) बिबेक  देवकोटा
19 बागमती प्रदेश अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक समुदाय नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) श्रीकृष्ण प्रसाद अधिकारी
20 बागमती प्रदेश अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक समुदाय राष्ट्रिय प्रजातन्त्र पार्टी भरत मणी भट्‍ट
21 बागमती प्रदेश अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक समुदाय नेपाल मजदुर किसान पार्टी हिमालयश्वर लाल मुल
22 बागमती प्रदेश अन्य नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) त्रिलोचन निर्मल पौडेल
23 बागमती प्रदेश अन्य नेपाली काँग्रेस जित जंग बस्नेत
24 बागमती प्रदेश अन्य राष्ट्रिय प्रजातन्त्र पार्टी हेम जङग गुरुङ
25 बागमती प्रदेश अन्य नेपाल मजदुर किसान पार्टी श्रीकृष्ण  महर्जन
26 गण्डकी प्रदेश महिला नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) सम्झना  देवकोटा
27 गण्डकी प्रदेश महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मनरुपा  शर्मा
28 गण्डकी प्रदेश महिला राष्ट्रिय प्रजातन्त्र पार्टी गौ माया श्रेष्ठ
29 गण्डकी प्रदेश अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक समुदाय नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) हेमन्द्र  शेरचन
30 गण्डकी प्रदेश अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक समुदाय नेपाली काँग्रेस पदम बहादुर परियार
31 गण्डकी प्रदेश अन्य नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) चक्र बहादुर पराजुली
32 गण्डकी प्रदेश अन्य नेपाली काँग्रेस किरण बाबु श्रेष्ठ
33 गण्डकी प्रदेश अन्य राष्ट्रिय प्रजातन्त्र पार्टी रोम बहादुर भण्डारी
34 लुम्बिनी प्रदेश महिला नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) तुलसा कुमारी के.सी.
35 लुम्बिनी प्रदेश महिला नेपाली काँग्रेस विष्णु कुमारी सापकोटा
36 लुम्बिनी प्रदेश महिला राष्ट्रिय प्रजातन्त्र पार्टी विजया लक्ष्मी  सिहं
37 लुम्बिनी प्रदेश अन्य नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) झपेन्द्र बहादुर घर्ती क्षेत्री
38 लुम्बिनी प्रदेश अन्य नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) झक्कु प्रसाद सुवेदी
39 लुम्बिनी प्रदेश अन्य राष्ट्रिय प्रजातन्त्र पार्टी निरन्जन कुमार थापा
40 लुम्बिनी प्रदेश अन्य जनमत पार्टी बाल गोविन्द चौधरी
41 कर्णाली प्रदेश महिला नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) बिमला कुमारी शाही
42 कर्णाली प्रदेश महिला नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) सावित्री  मल्ल
43 कर्णाली प्रदेश दलित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) हिक्मत  वि.क.
44 कर्णाली प्रदेश दलित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विष्णु बहादुर विश्वकर्मा
45 कर्णाली प्रदेश अन्य नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) डिल्ली प्रसाद भट्ट
46 कर्णाली प्रदेश अन्य नेपाली काँग्रेस कृष्ण बहादुर रोकाय
47 सुदूरपश्चिम प्रदेश महिला नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) सावित्रा देवी घिमीरे
48 सुदूरपश्चिम प्रदेश महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रेनु  चन्द
49 सुदूरपश्चिम प्रदेश अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक समुदाय नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) राम चन्द्र जोशी
50 सुदूरपश्चिम प्रदेश अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक समुदाय नेपाली काँग्रेस नारायण दत्त भट्ट
51 सुदूरपश्चिम प्रदेश अन्य नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) ईश्‍वरी प्रसाद खरेल
52 सुदूरपश्चिम प्रदेश अन्य नेपाली काँग्रेस बल देव बोहरा







प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मानव तस्कर देखि घुसको डिल गर्ने मन्त्रीलाई संरक्षण गर्ने अधिकार प्रधानमन्त्रीलाई छैनः रास्वपा

मानव तस्कर देखि घुसको डिल गर्ने मन्त्रीलाई संरक्षण गर्ने अधिकार प्रधानमन्त्रीलाई छैनः रास्वपा

आफ्ना मागको सुनुवाई नभएको भन्दै रास्वपाका सांसदहरुले सोमबार पनि सदन बहिष्कार गरेका छन् ।
झ्याप्लेखोलामा यसरी भइरहेको छ सडक पुनर्निर्माण र पहिरो रोकथामको काम

झ्याप्लेखोलामा यसरी भइरहेको छ सडक पुनर्निर्माण र पहिरो रोकथामको काम

निर्माण व्यवसायीका प्रतिनिधि ज्ञानेन्द्र घिमिरेका अनुसार चिनियाँ साझेदार भए पनि सबै काम नेपाली कम्पनीले नै गरिरहेको छ। एक तहको कालोपत्रे लगभग सकिएको उनले जानकारी दिए।
चुरेमा हात्तीको बथान, बस्तीमा त्रास

चुरेमा हात्तीको बथान, बस्तीमा त्रास

हात्ती रहेको क्षेत्रमा घाँस, दाउरा, सोतरका लागि पुग्ने उपभोक्तालाई जानबाट रोक्ने कार्य भइरहेको वातावरण मध्यवर्ती सामुदायिक वनका अध्यक्ष लोकेन्द्र जोशीले बताउनुभयो । उनका अनुसार वन क्षेत्रमा जान पूर्ण...
स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेकको विषय छानबिन गर्न गृहमन्त्रीको निर्देशन

स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेकको विषय छानबिन गर्न गृहमन्त्रीको निर्देशन

“प्रधानमन्त्रीको प्रतिनिधिमण्डलबाहेक स्पेन को को गए ? कुन विधि प्रक्रिया र कुन संस्थामार्फत स्पेन भ्रमण गए भन्ने विषय छानबिन गर्न निर्देशन दिएको छु”, मन्त्री लेखकले भने, “स्पेन जान...

भर्खरै