नेभिगेशन
नेताका कुरा

प्रधानमन्त्रीले आवश्यक परेमात्रै सदनमा जवाफ दिनुहुन्छ: सरकारका प्रवक्ता

काठमाडौँ । सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह आवश्यक परेमात्रै सदनमा आउने बताएका छन् ।

सांसदहरुको प्रश्नको जवाफको आवश्यकता महसुस गरेर प्रधानमन्त्री शाह यसअघि आफै सदनमा उपस्थित भएको स्मरण गर्दै मन्त्री पोखरेलले अब पनि आवश्यकता महसुस गरेर आउने बताए । उनले प्रधानमन्त्री सदनमा नआउने भन्ने सत्य नभएको पनि बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीले सदनको गतिरोधबारे सोधेको जिज्ञासामा मन्त्री पोखरेलले भने, 'प्रधानमन्त्रीले जवाफ दिन आवश्यक ठानेर आउनुहुन्छ । अफ्ठेरो भएको भए सुरुमै जानुहुन्थेन । अवश्यकताअनुसार सदनमा सम्बोधन गर्नुहुन्छ । आउनुपर्छ भन्ने लाग्यो भने आउनुहुन्छ । आवश्यक पर्यो भने आउनुहुन्छ । सदनमा नआउने भन्ने छैन,' उनले भने । 

Ncell
Extreme Energy

प्रधानमन्त्री बालेन्द्र शाहले १७ जेठमा सदनमा सांसदहरुको जवाफ दिने क्रममा भारतलेमात्र होइन नेपालले पनि सीमा मिचेको छ भन्ने अभिव्यक्तिलाई लिएर विपक्षी दलले अवरोध गरिरहेका छन् भने अभिव्यक्ति सच्याएर सदनबाट माफी माग्नुपर्ने माग गरिरहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुने भएको छ ।
जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्  ।
४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

हिमताल विस्फोटनबाट हुने बाढी (जीएलओएफ) को जोखिम घटाउन नेपालका चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउन सरकारले तयारी थालेको छ ।