नेभिगेशन
समाज

संसदमा हर्क साम्पाङको ‘संकल्प प्रस्ताव’

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्ति सच्याउन संकल्प प्रस्ताव पारित गर्नुपर्ने बताएका छन् । उनले संसद बैठकमा प्रस्ताव पढेर सुनाउँदै सचिवालयका अधिकारीहरुलाई बुझाएका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा साम्पाङले प्रधानमन्त्री, मन्त्री, सांसद तथा नेताले तथ्यहीन कुरा बोल्न नपाउने व्यवस्था गर्न संकल्प प्रस्ताव पारित गर्नुपर्ने बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभामुखले समय दिएपछि उनले भने– ‘सबै जनालाई माया सम्झना, अब यो शैलीमा नबोली समस्या समाधान होला जस्तो लागेन। हामी धेरै नै औपचारिक भयौँ। औपचारिकता निभाउँदा निभाउँदै अब गाँठो पर्‍यो। कसरी फुकाउने ? प्रधानमन्त्रीज्यूलाई बोलाएको बोलायै गर्ने, उहाँ आउँदिन भन्नुहुन्छ। पकडेर, बोकेर ल्याउने चलन छैन। सभामुखज्यूले ल आउनुपर्छ भन्दा उहाँ मान्नु हुन्न। कहिलेकाहीँ आउनुहुन्छ। आएर फेरि के बोल्नुहुन्छ हुन्छ, समस्या भयो,’ उनले भने, ‘त्यसले गर्दाखेरि म आज एउटा संकल्प प्रस्ताव पेस गर्न चाहन्छु।’

Ncell
Extreme Energy

उनले आफ्नो संकल्प प्रस्तावमा लेखेका छन्– ‘प्रधानमन्त्रीजूले सभामा उठेका प्रश्नहरूको उत्तर दिने क्रममा नेपालले पनि भारतको सीमा धेरै ठाउँमा मिचेको छ भन्ने राष्ट्र विरूद्धको अभिव्यक्तिलाई सभाको रेकर्डबाट अविलम्ब हटाउँदै प्रधानमन्त्रीको समेत लिखत वक्तव्य समावेश गरी आगामी दिनहरूमा नेपाल सरकारको प्रधानमन्त्री, मन्त्रीहरु, प्रतिनिधि सभाका सांसदज्यूहरू, कोही कसैले यस्तो राष्ट्रघाती र तथ्यहीन अभिव्यक्ति कहीँ कतै नदिने दिन नपाउने साथै राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय अखण्डताको सवालमा सत्ता पक्ष या प्रतिपक्ष नभई सबैले दलीय या वर्गीय स्वार्थ र तहभन्दा माथि उठेर देशको पक्षमा एकताबद्ध बन्ने राष्ट्रिय सन्देश दिने संकल्प प्रस्ताव गरौँ भनी म यो निवेदन पेश गर्न चाहन्छु।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुन तोलामा १२०० रुपैयाँ बढ्यो, चाँदीको मूल्य पनि उकालो

सुन तोलामा १२०० रुपैयाँ बढ्यो, चाँदीको मूल्य पनि उकालो

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ बढेको हो।
भोटेकोशी बाढीले १८ विद्यालयमा क्षति,  बनाउन ४ अर्बभन्दा बढी लाग्ने

भोटेकोशी बाढीले १८ विद्यालयमा क्षति, बनाउन ४ अर्बभन्दा बढी लाग्ने

भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालयमा क्षति पुगेको छ। तीमध्ये ११ वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने विद्यालयका भवन तथा शैक्षिक सम्पत्तिमा मात्रै...
बाणगङ्गा नदीमा फसेका १२ जनाको यसरी भयो उद्धार

बाणगङ्गा नदीमा फसेका १२ जनाको यसरी भयो उद्धार

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति आएको अचानक बाढीमा फसेका १२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।