नेभिगेशन
सबै कुरा

स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउने तयारी भइरहेको छ : मन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउने तयारी भइरहेको बताएका छन् । 

नरदेवी आयुर्वेद चिकित्सालयले आयोजना गरेको राष्ट्रिय योग दिवसका अवसरमा आयोजित सप्ताहव्यापी आयुर्वेद तथा योगसम्बन्धी कार्यक्रमको शुभारम्भ कार्यक्रममा मन्त्री बस्नेतले लामो समयदेखि दरबन्दी थप नभएकाले अब दरबन्दी थप गर्न लागिएको जानकारी दिए । 

उनले भने, “देशभरमा अहिले ९२ हजार स्वास्थ्यकर्मी तत्काल आवश्यक छ । तर आवश्यकताभन्दा कम दरबन्दी भएकाले थप गर्न लागिएको हो ।” लामो इतिहास बोकेको नरदेवी आयुर्वेद चिकित्सालयलाई सरकारले विषेश ध्यान दिने उनको भनाइ छ । आयुर्वेदिक उपचार महत्वपूर्ण उपचार पद्धति रहेको भए पनि सरकारले जति ध्यान दिनुपर्ने हो त्यसरी दिन नसकेको उनको भनाइ थियो । 

त्यस अवसरमा नरदेवी आयुर्वेद चिकित्सालयका निर्देशक डा श्यामबाबु यादवले अस्पतालको भौतिक पक्ष थप बलियो बनाउन र जनशक्ति वृद्धि गर्नका लागि मन्त्रीसमक्ष आग्रह गरे । उनले निकट भविष्यमै यस अस्पतालमा सिटीस्क्यान सेवासमेत सुरु गर्ने तयारी रहेको जानकारी दिए । 

अस्पतालमा निःशुल्क उपलब्ध हुने शय्या बढाएर १५ बाट २५ पुर्‍याइएको जानकारी दिनुहुँदै सम्पूर्ण बिरामीलाई निःशुल्क उपलब्ध गराइएको बताए । अस्पताललाई आगामी दिनमा अन्तर्राष्ट्रिय अस्पतालका रुपमा विकास गर्नका लागि निरन्तर प्रयास भइरहेको पनि उनको भनाइ थियो । अस्पताल १९७४ सालमा स्थापना भएको थियो । हाल अस्पतालमा एक सय १८ शय्या छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सामान्यमा घुसको रेटः मन्त्री ७८ लाख, सचिवालय माग्थ्यो ७ देखि १० लाख, के गर्ला अख्तियार ?

सामान्यमा घुसको रेटः मन्त्री ७८ लाख, सचिवालय माग्थ्यो ७ देखि १० लाख, के गर्ला अख्तियार ?

सामान्यमा घुसको रेटः मन्त्री ७८ लाख, सचिवालय माग्थ्यो ७ देखि १० लाख, के गर्ला अख्तियार ?
रिलायन्स स्पिनिङ मिल्सलाई ‘सीआईपी’ सम्मान

रिलायन्स स्पिनिङ मिल्सलाई ‘सीआईपी’ सम्मान

केन्द्रका अनुसार रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८०/८१ मा १२ अर्ब ४९ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ। कम्पनीले तेस्रो मुलुकतर्फको निर्यात पनि बढाउँदै लगेको छ।
राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त मन्त्री भगवती न्यौपानेको शपथ

राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त मन्त्री भगवती न्यौपानेको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले...
यूएईको जेलमा रहेको १२० जना नेपालीले पाए आम माफी

यूएईको जेलमा रहेको १२० जना नेपालीले पाए आम माफी

अबुधावीस्थित नेपाली दूतावासका अनुसार इस्लाम समुदायको ईद अल–अदाहका अवसरमा (यूएई सरकारले उनीहरुको  बाँकी कैद मिनाहा भएको हो । दुतावासका अनुसार गम्भीर अपराधमा संलग्न बाहेक धेरै नेपालीले आम माफी...