नेभिगेशन
समाज

बजेटबारे अर्थमन्त्री: त्रुटि सच्याउने विषयलाई अतिरञ्जित गरेर चियाको कपमा तुफान ल्याउन खोजियो

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा भएका त्रुटि सच्याउने विषयलाई नियतका आधारमा हेर्न आग्रह गरेका छन्।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा जवाफ दिदै अर्थमन्त्री डा.वाग्लेले उनले आर्थिक विधेयकमाथि संसदमा घनिभूत छलफल हुने अपेक्षा गरिएको भए पनि विषयलाई लिएर कुप्रचार गरिएको बताए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले आर्थिक विधेयक जेठ १५ गते संसदमा टेबल गरिएको र त्यसपछि भाषागत त्रुटि तथा केही सामान्य हेरफेर आवश्यक देखिएको बताए।

Ncell
Extreme Energy

ती त्रुटि फेला परेपछि कर्मचारीहरूको आग्रह, विगतको अभ्यास र प्रचलित प्रक्रियाअनुसार सच्याएर संसदका महासचिवलाई जानकारी गराइएको उनको भनाइ थियो।

अर्थमन्त्री वाग्लेले अन्तिम रूपमा स्वीकृत प्रतिमै आवश्यक सुधार गरिएको उल्लेख गर्दै मूल कुरा नियतको हुने बताए। उनका अनुसार सच्याइएको विवरण जेठ १७ गते नै पठाइएको थियो।

उनले यस विषयमा विभिन्न जानकारी बाहिर आए पनि वास्तविकता फरक रहेको बताए। एक पाना मात्र पठाइएको भन्ने जानकारी सार्वजनिक भएको उल्लेख गर्दै त्यसमा भएका संशोधनहरू अर्थमन्त्रीको पहलमा गरिएको बताए।

अन्तिम निर्णयकर्ता अर्थमन्त्री नै हुने उल्लेख गर्दै उनले आवश्यक परे कुनै पनि बेला संशोधन गर्न सकिने अधिकार रहेको बताए।

सामान्य रूपमा पनि यस्ता संशोधन हुने गरेको भन्दै उनले यस वर्ष तीन–चार वटा विषय मात्र सच्याइएको तर गत वर्ष ७३ वटा विषय सच्याइएको उदाहरण प्रस्तुत गरे।

विद्युतीय सवारीसाधनको करसम्बन्धी व्यवस्थाबारे पनि उनले स्पष्टीकरण दिएका छन्। पहिले ३० प्रतिशत भन्सार लाग्ने वर्गमा रहेको रगत तथा भ्याक्सिन बोक्ने सवारीसाधनलाई पनि सोही वर्गीकरणमा राखिएको उनले बताए।

साथै ५० लाख रुपैयाँभन्दा कम मूल्यका विद्युतीय सवारीसाधनसम्बन्धी व्यवस्थाबारे समेत आवश्यक सुधार गरिएको उनको भनाइ थियो।

आर्थिक विधेयकमा भएका संशोधन र सच्याइएका व्यवस्थाबारे पछिल्ला दिनमा प्रश्न उठिरहेका बेला अर्थमन्त्री वाग्लेले प्रक्रियाअनुसार त्रुटि सच्याइएको र त्यसलाई गलत ढंगले व्याख्या नगर्न आग्रह गरेका छन्।

उनले सुरुमा आफैले त्रुटि थाहा पाएर सच्याएको तर नियत स्पष्ट रहेको बताए।

'संसोधनको विषय कहाँ राजद्रोह देख्नु भयो, देशदोह्र देख्नु भयो?,' उनले भने, 'राष्ट्रिय स्वतन्त्र पार्टीलाई पचाउन गाह्रा भएको कारण भ्रम छरिएको छ।'

उनले चियाको कपमा तुफान लिन खोजिएको भन्दै डटेर सामाना गर्ने बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुने भएको छ ।
जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्  ।
४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

हिमताल विस्फोटनबाट हुने बाढी (जीएलओएफ) को जोखिम घटाउन नेपालका चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउन सरकारले तयारी थालेको छ ।