नेभिगेशन
सबै कुरा

उड्न लाग्दा धावनमार्गमै अड्कियो नेवानीको जहाज

काठमाडौँ — एक सय ५२ यात्रु सहित काठमाडौंबाट बैंककतर्फ उड्न लागेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजले २ पटकसम्म पनि टेकअफ गर्न नसकेपछि यात्रु अलपत्र परेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार निगमको आरए ४०१ न्यारोबडीले दिउसो साढे दुई बजे पहिलो पटक उडानको प्रयास गरेको थियो ।

Ncell
Extreme Energy

तर टेकअफ गर्न नसकेपछि एप्रोनबाट पुसब्याक गरेर ट्याक्सी वेमा राखिएको थियो । सोहि विमानलाई फेरी यात्रु राखेर साढे ४ बजे टेकअफका लागि प्रयास गर्दा पनि विमानले उडान लिन सकेको थिएन । त्यसपछि भने यात्रुलाई टर्मिनल भवनमा फर्काइएको छ । 

नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमसँग अर्को जहाज नभएकाले यात्रुलाई कसरी उडाउने भन्ने छलफल भैरहेको छ । 

साथै चालकदलको समयअवधिका कारण पनि यात्रु व्यवस्थापन कसरी गर्ने भन्ने टुंगो  लागेको छैन । 

उडान रद्द भएपछि टन्जीट फ्लाइटहरु समेत प्रभावित भएको भन्दै यात्रुहरु आक्रोशित बनेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।
जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद डा‍.लामाले जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच २०८२ मङ्सिर २४ गते भएको सम्झौता स्मरण गराउँदै हुबहु कार्यान्वयन गर्न माग गरेका हुन् । ...