नेभिगेशन
सबै कुरा

उड्न लाग्दा धावनमार्गमै अड्कियो नेवानीको जहाज

काठमाडौँ — एक सय ५२ यात्रु सहित काठमाडौंबाट बैंककतर्फ उड्न लागेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजले २ पटकसम्म पनि टेकअफ गर्न नसकेपछि यात्रु अलपत्र परेका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार निगमको आरए ४०१ न्यारोबडीले दिउसो साढे दुई बजे पहिलो पटक उडानको प्रयास गरेको थियो ।

City Express

तर टेकअफ गर्न नसकेपछि एप्रोनबाट पुसब्याक गरेर ट्याक्सी वेमा राखिएको थियो । सोहि विमानलाई फेरी यात्रु राखेर साढे ४ बजे टेकअफका लागि प्रयास गर्दा पनि विमानले उडान लिन सकेको थिएन । त्यसपछि भने यात्रुलाई टर्मिनल भवनमा फर्काइएको छ । 

नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमसँग अर्को जहाज नभएकाले यात्रुलाई कसरी उडाउने भन्ने छलफल भैरहेको छ । 

साथै चालकदलको समयअवधिका कारण पनि यात्रु व्यवस्थापन कसरी गर्ने भन्ने टुंगो  लागेको छैन । 

उडान रद्द भएपछि टन्जीट फ्लाइटहरु समेत प्रभावित भएको भन्दै यात्रुहरु आक्रोशित बनेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाको सचिवालय बैठकले के गर्यो निर्णय ?

रास्वपाको सचिवालय बैठकले के गर्यो निर्णय ?

रास्वपाले  प्रवासमा रहेका नेपाली नागरिकहरूको मतदाता नामावली दर्ता प्रक्रिया पूर्णरूपमा अनलाइनबाट गर्ने व्यवस्था मिलाउन, नेपालका विदेशस्थित दूतावास÷कन्सुलेट तथा नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरूका आगमन र प्रस्थान दुवै क्षेत्रबाट बायोमेट्रिक सेवा...
सैनिक ब्यारेकबाट डेरामा सरे केपी ओली, महेश बस्नेतले मिलाइदिए व्यवस्था

सैनिक ब्यारेकबाट डेरामा सरे केपी ओली, महेश बस्नेतले मिलाइदिए व्यवस्था

जेनजी आन्दोलनका क्रममा प्रदर्शनका क्रममा ओलीको भक्तपुर, बालकोटस्थित घर क्षतिग्रस्त भएको छ । त्यसपछि नेकपा एमालका नेता महेश बस्नेतले गुण्डुमा ओलीकालागि घर व्यवस्था गरेको एमालेका नेताहरुले बताएका छन्।
बङ्गलादेशद्वारा शेख हसिना परिवारको एनआइडी ब्लक, आगामी चुनावमा मतदान गर्न नपाउने

बङ्गलादेशद्वारा शेख हसिना परिवारको एनआइडी ब्लक, आगामी चुनावमा मतदान गर्न नपाउने

उनका अनुसार प्रवासीहरूले पासपोर्ट नभई, आफ्नो एनआइडी प्रयोग गरेर मात्र अनलाइन दर्ता गर्न सक्नेछन् । जसको एनआइडी ब्लक गरिएको छ, उनीहरूले अनलाइन दर्ता गर्न पाउने छैनन् र दर्ता...
वेस्ट इन्डिजविरुद्ध ट्वान्टी–२० अन्तरराष्ट्रिय शृंखला खेल्ने नेपाली टोलीको बिदाइ

वेस्ट इन्डिजविरुद्ध ट्वान्टी–२० अन्तरराष्ट्रिय शृंखला खेल्ने नेपाली टोलीको बिदाइ

यूएईमा नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी–२०आई शृंखला खेलेर विश्वकप छनोटमा सहभागी हुनेछ । छनोट चरण पार गर्दै तेस्रोपटक विश्वकप खेल्ने नेपालको लक्ष्य रहेको छ । विदाइ कार्यक्रममा नेपाली...