नेभिगेशन
नेताका कुरा

सदनको गतिरोध हटाउन सत्ता र प्रतिपक्षी सम्वादमा, हर्क साम्पाङ अनुपस्थित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर सदनमा जारी गतिरोध हटाउन सत्ता र प्रतिपक्षी दल सम्वादमा जुटेका छन् ।

सहमति खोज्न सत्ता र प्रतिपक्षी सम्वादमा जुट्दा ११ बजे बोलाइएको प्रतिनिधि सभा बैठक अझै सुरु हुन सकेको छैन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारस्थित संसद भवनभित्र जारी बैठकमा रास्वपा सभापति रबि लामिछाने, मुख्य सचेतक कबिन्द्र बुर्लाकोटी, सचेतक क्रान्तिशिखा धिताल, कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, प्रमुख सचेतक बासना थापा, सचेतक निश्कल राई, एमाले दलका नेता रामबहादुर थापा, प्रमुख सचेतक ऐन महर, नेकपाका प्रमेश हमाल, वर्षमान पुन, युवराज दुलाल, राप्रपा प्रमुख सचेतक खुश्बु ओली र कानुनमन्त्री सोविता गौतम सहभागी छन् । बैठकमा हर्क साम्पाङको दल श्रम संस्कृतिबाट उपस्थिति छैन । 

Ncell
Extreme Energy

प्रधानमन्त्री शाहले जेठ १७ गते संसदमा प्रश्नोत्तरका क्रममा नेपालले पनि भारतको जमिन मिचेको रहेछ भनेर अभिव्यक्ति दिएपछि त्यसयता विपक्षी दलहरुले प्रधानमन्त्रीले सदनमा आएर माफी माग्दै अभिव्यक्ति सच्याउनुपर्ने माग गरेर सदन अवरुद्ध गर्दै आएका छन् । अवरोधका कारण १८, १९, २५, २६ गतेको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ । बजेटको छलफल प्रभावित भएको छ । 

रास्वपा सभापति रबि लामिछानेले जेठ २५ गते सर्वदलीय बैठक राखेर प्रधानमन्त्रीको अभिव्यक्तिको सम्बन्धमा परराष्ट्रमन्त्री जवाफ दिने र त्यतिले नपुगे आफूले जवाफ दिने विकल्प अघि सारेका थिए । तर, विपक्षीले प्रधानमन्त्री नै आउनुपर्ने अडान राखेर अवरोध गरिरहेका छन् । 

आज पनि सहमति नजुटे बजेटको छलफललाई अगाडि बढाउनुपर्ने चापका कारण अवरोधकै बीच बैठक चलाउने तयारी सत्ता पक्षको छ । 

२६ गतेको बैठकमा परराष्ट्र मन्त्री शिशिर खनाल प्रधानमन्त्रीको अभिव्यक्तिको सन्दर्भमा जवाफ दिन आएका थिए । तर, विपक्षीले प्रधानमन्त्रीले बोलेको कुरामा प्रधानमन्त्रीकै प्रष्टीकरण चाहिने भन्दै बैठक चल्न दिएका थिएनन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुने भएको छ ।
जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्  ।
४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

हिमताल विस्फोटनबाट हुने बाढी (जीएलओएफ) को जोखिम घटाउन नेपालका चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउन सरकारले तयारी थालेको छ ।