नेभिगेशन
जनप्रतिनिधिका कुरा

बजेटमाथि छलफल गर्न प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौँ । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष ०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल गर्न संघीय संसद्को दुबै सदनको बैठक बस्दैछ । 

संसद सचिवालयकाअनुसार प्रतिनिधि सभाको बैठक विहान ११ बजे बस्दैछ भने राष्ट्रिय सभाको बैठक १:१५ बजे बस्दैछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधि सभामा बजेटमाथिको छलफल जारी रहनेछ । बुधबारदेखि नै प्रतिनिधि सभामा छलफल सुरु भइसकेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि छलफलमा रास्वपा सांसद लिमा अधिकारी, विपिन आचार्य, कांग्रेस सांसद नरेन्द्रकुमार केरुङ, रेणुका काउचा, एमालेका पुष्पराज कँडेल, अर्जुनकुमार कार्की, श्रम संस्कृतिका आरेन राईले भाग लिइसकेका छन् । प्रतिनिधि सभामा बजेटमाथिको छलफल आजै सकिने र अर्थमन्त्री वाग्लेले जवाफ दिने कार्यसूची छ ।  

Ncell
Extreme Energy

राष्ट्रिय सभामा आजदेखि छलफल सुरु हुनेछ । अर्थमन्त्रीले छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची राष्ट्रिय सभाको छ । 

अर्थमन्त्री वाग्लेले जेठ १५ मा संघीय संसदको संयुक्त सदनको बैठकमा बजेट प्रस्तुत गरेका थिए । 

प्रतिनिधि सभामा अर्थमन्त्री वाग्लेले बजेट आश्रित विनियोजन विधेयक, राषट्र ऋण उठाउने विधेयक प्रस्तुत गर्नेछन् । यसैगरी नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयकमा विचार गरियोस् भनेर सैद्धान्तिक छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुने भएको छ ।
जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्  ।
४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

हिमताल विस्फोटनबाट हुने बाढी (जीएलओएफ) को जोखिम घटाउन नेपालका चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउन सरकारले तयारी थालेको छ ।