नेभिगेशन
जनप्रतिनिधिका कुरा

फेसबुक स्टाटसका आधारमा तथ्यमा नगई अर्थमन्त्रीमाथि लान्छना लगाउन खोजियो: सांसद मनिष झा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता एवं सांसद मनिष झाले फेसबुक स्टाटसको आधारमा तथ्यमा नगई अर्थमन्त्रीमाथि लान्छना लगाउन खोजिएको बताएका छन् । 

विद्युतीय सवारी साधनको भन्सार जाँचपास सम्बन्धमा हालै उठेका प्रश्‍नउपर छलफल सम्बन्धमा सार्वजनिक लेखा समितिको विहान बसेको बैठकमा सांसद झाले विपक्षी दलका नेताहरूले तथ्य र विषय वस्तुमा गहिरो अध्ययन नगरी फेसबुक स्टाटसका भरमा प्रश्न गरेर संसदको गरिमा बारे पनि सोच्न बाध्य भएको बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

'जवाफ नसुनिकन छानबिनमा जाने कुरा हुँदैन । प्रश्न गरौं तर जवाफ पनि सुनौ । त्यसपछि अनुसन्धान र छानबिनको कुरो आउँला,' उनले भने, 'गाडी भित्र्याउँदा व्यापारीलाई घाटा भएको छ । रसुवा र कोरालाबाट आएको गाडी दर घटेको छ । जोखिम लिने व्यापारीलाई घाटा र राज्यलाई फाइदा भएको छ । अर्थमन्त्रीमाथि प्रश्न किन ?'

Ncell
Extreme Energy

उनले अर्थ विधेयकमा सदनलाई जानकारी गराएर संशोधन गरिएको पनि बताए । 'कुनै शब्दको फरक अर्थ लागेमा अर्थ विधेयकमा संशोधन गर्ने विगतकै प्रचलन हो । अघिल्लो बजेटमा ७३ वटा संशोधन गरिएको थियो,' उनले भने । जारी अनुसन्धानलाई निष्कर्षमा पुग्न दिनुपर्ने भनाइ थियो ।

रास्वपाकै विपीन आचार्यले हल्का प्रश्न गरेर समितिको ओजलाई नघटाउन अनुरोध गरे । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुने भएको छ ।
जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्  ।
४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

हिमताल विस्फोटनबाट हुने बाढी (जीएलओएफ) को जोखिम घटाउन नेपालका चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउन सरकारले तयारी थालेको छ ।