नेभिगेशन
समाज

बजेटको आकार सानो हो, तर कार्यान्वयनमा चुनौती छः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले धेरै वर्षपछि बजेटको आकार ‘साइज’मा आएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले जीडीपीको तुलनामा बजेटको आकार ठूलो नभएको बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘जीडीपीको अनुपातमा बजेट ठूलो छैन । बजेटको आकारलाई जीडीपीको अनुपातमा हेर्नुपर्छ । जीडीपीको अनुपातमा यो बजेट सानो हो, जम्मा २८ प्रतिशत हो । ३० प्रतिशत ननाघौं भन्ने हो । लामो समयपछि जीडीपीको अनुपातमा साइजमा आएको छ’ अर्थमन्त्री वाग्लेले भने ।

Ncell
Extreme Energy

अर्थमन्त्री वाग्लेले बजेट कार्यान्वयनमा भने चुनौती रहेको स्वीकार गरे ।

उनले भने– ‘राज्यको अनिवार्य दायित्व नै झण्डै १४ खर्ब छ । अरु काम केही नगर्दा पनि १४ खर्ब चाहिन्छ । झण्डै ३० खर्बको ऋण हामीसँग छ । यसको आधारमा बजेट कार्यान्वयनमा चुनौती छ, हामीले यसलाई कार्यान्वयन गर्नैपर्नेछ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मंगलबहादुर शाही बने कर्णालीको मुख्यमन्त्री

मंगलबहादुर शाही बने कर्णालीको मुख्यमन्त्री

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन् ।
दित्य ओभरसिजबाट ठगिएकाले पाए २४ लाख क्षतिपूर्ति

दित्य ओभरसिजबाट ठगिएकाले पाए २४ लाख क्षतिपूर्ति

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५३ बमोजिम ४८ जना व्यक्तिबाट तोकिएकोभन्दा बढी शुल्क लिएको सम्बन्धमा चौबीस लाख र विभागको आदेश वा निर्देशन पालना नगरेको हकमा २०६४को दफा...
गोपालमानको निधनले राष्ट्रपति मर्माहत, देउवा स्तब्ध

गोपालमानको निधनले राष्ट्रपति मर्माहत, देउवा स्तब्ध

राष्ट्रप्रति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवम् पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनको खबरले आफू मर्माहत भएको बताएका छन् ।