नेभिगेशन
जनप्रतिनिधिका कुरा

१२५ युनिट बिजुली खपत गर्नेले जम्मा २४ रुपैयाँ कर तिर्ने होः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले खर्बौं लगानी भएको जलविद्युत् क्षेत्रलाई करको दायराभन्दा बाहिर राख्न नसकिने स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वाग्लेले विद्युत् क्षेत्रलाई पनि यसपालि करको दायरामा ल्याइएको बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘विद्युत् डेभलेपरलाई हामीले कर छुट दिएकै छौं । विद्युतमा खर्बौं लगानी छ । यति ठूलो क्षेत्र करभन्दा बाहिर छ । विद्युत् क्षेत्र करको दायराभन्दा बाहिर छ ।’ उनले भने– ‘यति धेरै लगानी भएको क्षेत्रलाई अब करको दायराभन्दा बाहिर राख्न सकिँदैन ।’

Ncell
Extreme Energy

अर्थमन्त्री वाग्लेले विद्युतमा लगाइएको करले उपभोक्तालाई भार नपर्ने बताए । ‘उपभोक्तालाई यो करले भार पार्दैन’ वाग्लेले भने, ‘पचास युनिटमा त कर लाग्दैन, १२५ युनिट विद्युत् खपत गर्नेले तिर्नुपर्ने जम्मा २४ रुपैयाँ हो ।’

मन्त्री वाग्लेले देश बनाउनका लागि केही समयका लागि भए पनि अप्रिय निर्णय गर्नु परेको बताए । उनले थपे– ‘रास्वपालाई लोक रिझ्याइँको राजनीति गर्नुछैन । अनुशासनमा नबाँधिने हो भने त भेनेजुएला भइन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुने भएको छ ।
जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्  ।
४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

हिमताल विस्फोटनबाट हुने बाढी (जीएलओएफ) को जोखिम घटाउन नेपालका चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउन सरकारले तयारी थालेको छ ।