नेभिगेशन
समाज

सांसदहरुलाई अर्थमन्त्रीको सुझावः आफ्नो मर्यादा कायम राख्नु होला

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो मर्यादा कायम राख्न सांसदहरुलाई सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले आफूले मर्यादाविपरीत कुनै काम नगरेको स्पष्ट पारे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, ‘ कतिपय माननीयज्यूहरुले मेरो मर्यादामा प्रश्न उठाउनु भयो, मैले कुनै गल्ती गरेको छैन, मेरो बारेमा प्रश्न उठाउने सांसदहले आफ्नो मर्यादा कायम राख्नु होला।’ उनले आफूलाई औंला ठड्याउने सांसदहरुलाई व्यंग्य गर्दै थपे– तपाईंहरुको काण्डबारे हामी अनविज्ञ हो र ?

Ncell
Extreme Energy

अर्थमन्त्री वाग्लेले ‘२ अर्ब होइन, २ रुपैयाँ मात्रै बदमासी भएको भए सार्वजनिक जीवन नै त्याग्न तयार छु’ भने ।

अर्थमन्त्री वाग्लेले ‘ब्लड क्यारियर र भ्याक्सिन’ को कर सच्याइएको स्पष्ट पारे । उनले कर्मचारीका तर्फबाट केही मानवीय त्रुटि भएको र त्यसलाई सच्याइएको पनि जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुने भएको छ ।
जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्  ।
४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

हिमताल विस्फोटनबाट हुने बाढी (जीएलओएफ) को जोखिम घटाउन नेपालका चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउन सरकारले तयारी थालेको छ ।
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

स्याङ्जाको वालिङ–१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ।