नेभिगेशन
सबै कुरा

बचतकर्ताको एक अर्ब हिनामिना गर्ने सहकारी सञ्चालक पक्राउ

काठमाडौँ । बचतकर्ताको बचत फिर्ता नगर्ने गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा सञ्चालित कान्तिभैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका–४ चौतारा बस्ने सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष एवं संरक्षक भनिने प्रेम श्रेष्ठ, कोषाध्यक्ष शेरलाल श्रेष्ठ र सह व्यवस्थापक राजेन्द्र श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो । 

सहकारीका सबै सञ्चालक एउटै टोलका दाजुभाइ हुन् । सहकारी ठगी गरेको कसुरमा प्रक्राउ परेकालाई वृत्तअन्तर्गतको गोकर्ण प्रहरी प्रभाग भवनमा रहेको थुनुवा कक्षमा राखिएको छ । बौद्धमा थुनुवालाई राख्ने ठाउँ नपुगेर गोकर्णको थुनुवा कक्षमा राखिएको प्रभागका वरिष्ठ प्रहरी नायब निरीक्षक राजेश कार्कीले राससलाई जानकारी दिए । 

सहकारी सञ्चालक समितिका सचिवसमेत रहेका प्रबन्धक रामदास श्रेष्ठ, सदस्य अनिरुद्र श्रेष्ठ, सदस्य राधेश्याम श्रेष्ठ र लेखा समिति संयोजक गोकर्णेश्वर महादेव अङ्ग्रेजी माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद पौडेल फरार रहेको जनाइएको छ । यी सबैका नाममा प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ । सहकारीका सञ्चालकले सात हजार ७०० बचतकर्ताको एक अर्ब २१ करोड हिनामिना गरेको पीडित सङ्घर्ष समितिअन्तर्गतको कार्यदलका अध्यक्ष राजेशकुमार विष्टले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राजधानीमा चलेको किशोरीको डिम्ब बेच्ने धन्दामा प्रहरीको अपरेसन !

राजधानीमा चलेको किशोरीको डिम्ब बेच्ने धन्दामा प्रहरीको अपरेसन !

किशोरीलाई १० हजार दिइन्छ र त्यो अण्डा किन्ने क्रेताबाट १८ देखि २० लाखसम्म उठाउने गरिन्छ ।
सामान्य प्रशासनमा घुसको रेटः मन्त्री ७८ लाख, सचिवालय माग्थ्यो ७ देखि १० लाख, के गर्ला अख्तियार ?

सामान्य प्रशासनमा घुसको रेटः मन्त्री ७८ लाख, सचिवालय माग्थ्यो ७ देखि १० लाख, के गर्ला अख्तियार ?

आफ्नै निर्वाचन क्षेत्रको एक पालिकामा  प्रमुख प्रशासकीय अधिकृत सरुवाका लागि उनले भदौ महिनामै सो रकम डिल गरेका थिए । असार ३१ गते राजकुमार गुप्ता संघीय मामला तथा सामान्य...
रिलायन्स स्पिनिङ मिल्सलाई ‘सीआईपी’ सम्मान

रिलायन्स स्पिनिङ मिल्सलाई ‘सीआईपी’ सम्मान

केन्द्रका अनुसार रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८०/८१ मा १२ अर्ब ४९ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ। कम्पनीले तेस्रो मुलुकतर्फको निर्यात पनि बढाउँदै लगेको छ।