नेभिगेशन
समाज

प्रतिनिधिसभाको शून्य समयः सांसदद्वारा शुद्धपानीदेखि सार्वजनिक शौचालय व्यवस्थापनको विषय उठान

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले शुद्ध खानेपानीदेखि राजमार्गमा सार्वजनिक शौचालयको व्यवस्थापन गर्नुपर्नेलगायतका जनसरोकारका विषय उठान गरेका छन् । 

सांसद आशिका तामाङले राजमार्गमा प्रत्येक एक सय मिटरको दूरीमा सार्वजनिक शौचालय निर्माण गर्न माग राखिन्। सांसद अम्बिका विकले पानी उत्पादन गर्ने कम्पनीलाई गुणस्तरता कायम गर्न र पिउने योग्य पानी आमनागरिकको पहुँचमा पुग्न सक्ने वातावरण सिर्जना गर्न माग राखिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सांसद अनुष्का श्रेष्ठले नेपाल सरकारको सबै वेबसाइटलाई चुस्त र प्रभावकारी बनाउनु आग्रह गरिन् ।  सांसद डा अमरेशकुमार सिंहले सुशासनको लागि राष्ट्रिय सदाचार नीति अवलम्बन र सरकारी सार्वजनिक गुठी जग्गाको प्रतिवेदन कार्यान्वयन गर्न माग गरे । 

Ncell
Extreme Energy

सांसद अम्बिकादेवी सङ्ग्रौलाले विभिन्न संस्थामा हाल रिक्त भएका पदहरु पूर्ति गर्न माग गरिन् ।  सांसद अरबिन्द साहले शिक्षा, स्वास्थ्य, मालपोतलगायत क्षेत्रको सेवामा गुणस्तर कायम हुनुपर्ने बताए । सांसद डा अर्जुनकुमार कार्कीले शिक्षा प्रणालीको सुधारबारे शिक्षकको उच्च मनोबल बढाउन आग्रह गरे । सांसद अर्जुननरसिंह केसीले जनताप्रति प्रधानमन्त्रीको जवाफदेहिताको माग गरे । सांसद आकृति अवस्थीले विमानस्थलहरुमा हुने उडानको ढिलाइका कारण यात्रुहरुले भोग्नुपरेको सास्तीबारे ध्यानार्कषण गराइन् । 

सांसद आनन्दबहादुर चन्दले तरकारी विषादी जाँच प्रयोगशालाको गुणस्तरीयताको विषय उठाए । सांसद् आरेन राईले बाँदर व्यवस्थापन कहिले हुन्छ सरकार ? भनी प्रश्न गरे ।   

सांसद आशा झाले जीर्ण अवस्थामा रहेको विराटनगर जुटमिल सञ्चालन गर्न जोड दिइन् । सांसद ऐनबहादुर महरले सरकारको बजेट, नीति तथा कार्यक्रममा बझाङ जिल्ला समेटिनुपर्ने बताए । सांसद ओजस्वी शेरचनले मेडिकल क्षेत्रमा कार्यघण्टा व्यवस्थित गर्न र उचित पारिश्रमिक व्यवस्थापन गर्न माग राखिन् । 

सांसद अङ्किता ठाकुरले रात्रिकालीन भत्ता वृद्धि सबै स्वास्थ्यकर्मीमा समान रुपमा लागू गर्न आग्रह गरिन् । सांसद खुश्बु ओलीले राज्यले दिने कृषि अनुदान वितरणमा हुँदै आएको विकृतिबारे ध्यानार्कषण गराइन् । सांसद गणेश कार्कीले पूर्वाञ्चल विश्वविद्यालयको बेथिति सुधार्न सरकारको ध्यानकेन्द्रित गरे । 

सांसद गणेश पौडेलले रौतहट जिल्लाका नदी दोहन भइरहेको बताउँदै गैरकानुनी रुपमा क्रसर प्रयोग कार्य नियन्त्रण गर्न ध्यानार्कषण गराए । सोही समयमा सांसद गणेशबहादुर विश्वकर्मा, गणेशसिंह ठगुन्ना, गीताकुमारी सेन्दाङ, गुरुप्रसाद बरालले विपी राजमार्ग अत्यन्त दूरावस्थामा रहेको बताउँदै छिटोभन्दा छिटो मर्मत गर्न सरकार समक्ष आग्रह गरे । 

यसैगरी, सांसद गोपाल शर्मा, गोविन्द पन्थी, गङ्गादेवी श्रेष्ठ, गङ्गालक्ष्मी अवाल, चन्दनकुमार सिंह, चन्द्रेश्वर मण्डल, एशुदाकुमारी बराल र गणेश धिमाल, कन्हैया बनिया, कमल सुवेदी, कामिनी कुमारी, कालीबहादुर सहकारी, कुलभक्त शाक्य, कुशुम महर्जन, कृपा महर्जन, कृपाराम राना, कृष्णहरि बुढाथोकी, केपी खनाल, खगेन्द्र कर्ण, खगेन्द्र सुनार, खडकबहादुर बुढा, खड्ग शाहीले सार्वजनिक सरोकारका विषयमा ध्यानर्कषण गराएका थिए । 

बैठकमा अहिले विनियोजन विधेयक २०८३ माथि सैद्धान्तिक छलफल जारी रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुने भएको छ ।
जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्  ।
४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

हिमताल विस्फोटनबाट हुने बाढी (जीएलओएफ) को जोखिम घटाउन नेपालका चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउन सरकारले तयारी थालेको छ ।
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

स्याङ्जाको वालिङ–१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ।