नेभिगेशन
नेताका कुरा

रास्वपामा नेतृत्व चुन्न पहिलोपटक ईभीएम मेसिन प्रयोग

महाधिवेशनमा पनि विद्युतीय मतदान हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो संगठन संरचनामा नेतृत्व चुन्न विद्युतीय मतदानको अभ्यास सुरु गरेको छ । चितवनमा ७-९ असारसम्म राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको रास्वपाले शनिबार बागमती प्रदेश समितिको नेतृत्व चुन्न विद्युतीय मतदान मेसिन (ईभीएम) प्रयोग गरेको हो ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीकाअनुसार हेटौँडामा विवादले नेतृत्व चुन्न नसकेको बागमती प्रदेशको अधिवेशन काठमाडौँ सारिएपछि सभापति रबि लामिछानेले छरितो, स्पष्ट, पारदर्शी र प्रविधिमैत्री प्रणालीका लागि विद्युतीय मतदानको सुरुवात गर्ने निर्णय गरेका थिए । सभापति लामिछानेको निर्णयअनुसार निर्वाचन आयोगले इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) प्रयोग गरेर बागमतीको नेतृत्व चुनेको हो । रास्वपाले यसअघि ईभीएमको प्रयोग गरेको छैन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

'सबै प्रतिनिधि भोटर एकै ठाउँमा किन नगर्ने त इभिएम भनेर विद्युतीय मतदानको अभ्यास गर्‍यौं । यसमा सभापतिज्यूले इनिसियसन लिनुभयो । हेटौँडामा त मतपेटिका नै राखेका थियौं । विवादले काठमाडौँमा गर्ने भएपछि ईभीएममा जाउ भन्ने कुरा भयो । कति समय लाग्ने गरेछ, कस्तो हुँदो रहेछ, प्रोसेस पनि थाहा हुन्छ भनेर सुरु गरियो,' निर्वाचन आयोग प्रमुख केसी भन्छन्, 'सबै जना साथीहरु एकदमै खुसी हुनुभयो । प्रोसेस चाँडो भयो । सबैले देख्ने बुझ्ने मौका पाए । रिजल्ट आधी घण्टामै आयो । प्रक्रिया विश्वसनीय भयो ।'  

Ncell
Extreme Energy

केन्द्रीय निर्वाचन आयोगका प्रमुख केसीले ईभीएमलाई अब राष्ट्रिय महाधिवेशनमा पनि प्रयोग गरिने बताए । 'परीक्षणको रुपमा प्रक्रिया सफल भइसकेपछि अब महाधिवेशनमा पनि इभिएम प्रयोग पाइयो । अन्य प्रदेशमा पनि प्रयोग गर्न सकियो । सबै कुरामा डिजिटल हुनुपर्छ भन्ने योजना हो,' केसी भन्छन् । उनले महाधिवेशनमा पनि ईभीएम प्रयोग गरेर दुई घण्टाभित्र रिजल्ट निकाल्ने योजना रहेको बताए । 

उनकाअनुसार देश बाहिर रहेका कार्यकर्ता र शुभेच्छुकका लागि रास्वपाको मोबाइल एपबाटै भोटिङको व्यवस्था मिलाइनेछ । 'नेपाल बाहिर रहेका प्रतिनिधिले पार्टीको मोबाइल एप प्रयोग गर्नुहुन्छ । प्रत्यक्षरुपमा उपस्थित इभिएममा हुनुहुन्छ । त्यो मोडलमा हामी जान्छौं,' उनले भने । 

केन्द्रीय निर्वाचन आयोग प्रमुख केसीले यसअघि पार्टीमा प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरु प्राइमेरी इलेक्सनमा मोबाइल एपबाट भोटिङ भएको बताए । 'पार्टीभित्रको संरचनामा ईभीएम प्रयोग भएको थिएन । अब पार्टीको अधिवेशन र महाधिवेशनमा ईभीएम प्रयोग हुन्छ,' उनले भने, 'प्रविधिलाई आत्मसात गरेर अगाडि बढ्छौं ।' 

रास्वपाले आफ्नो वाचापत्रमा विदेशमा रहेका नेपाली र अन्तरजिल्ला मतदान विद्युतीय माध्यमबाट गर्न पहल गर्ने उल्लेख गरेको छ । अहिले दुईतिहाइ सरकार चलाइरहेको रास्वपाले पार्टीबाटै विद्युतीय मतदानको अभ्यास सुरु गरेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
एन्फा भ्रष्टाचारमा चुर्लुम्म ! फउल गर्ने पदाधिकारीलाई होला जेल ?

एन्फा भ्रष्टाचारमा चुर्लुम्म ! फउल गर्ने पदाधिकारीलाई होला जेल ?

पछिल्ला २ दशक नेपाली फुटबलले पटक पटक संकट भोग्दै आइरहेको छ । एन्फाका पदाधिकारीले सुशासनको नियम उल्लंघन गर्दै कमाउ धन्दामा लाग्दा पटक पटक निलम्बित हुनु परेको छ ।...
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

मन्त्रालयको २०८३ भदौ २३ गतेको निर्णयअनुसार गठित समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ। समितिले खरिद गरिएका हार्डवेयर तथा सफ्टवेयरको वास्तविक अवस्था, प्रयोग, गुणस्तर र उपयोगिताबारे अध्ययन...
कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान

कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान

यसअघि शुक्रबार राति मतदान सकिएसँगै सभापतिको मतगणना भएको थियो । सभापतिमा गगनकुमार थापाले श्यामकृष्ण खड्गीलाई हराए । थापाले झण्डै ९४ प्रतिशत मत प्राप्त गरेका छन् ।
एमाले स्थायी कमिटीका यी हुन् सात निर्णय

एमाले स्थायी कमिटीका यी हुन् सात निर्णय

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा असोज २२ देखि २४ गतेसम्म बसेको स्थायी कमिटीको प्रथम बैठकले संगठन सुदृढीकरणसँग सम्बन्धित विभिन्न निर्णय गरेको हो।