नेभिगेशन
सबै कुरा

‘पञ्चेश्वर परियोजनाको काम एक महिनाभित्र अघि बढ्छ’ : परराष्ट्रमन्त्री साउद

कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पञ्चेश्वर परियोजनाको प्रक्रियागत काम एक महिनाभित्र अघि बढाउने गरी हालै दुई देशबीच सहमति भएको बताएका छन् । उनले हालै नेपाल भ्रमणमा आएका भारतीय विदेश मन्त्रीस्तरमा सो परियोजनाका बारेमा छलफल भएको जानकारी दिँदै उनले अबको एक महिनाभित्र परियोजनाको काम अघि बढाउने गरी निर्णय  भएको जानकारी बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आजदेखि सुरु भएको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री साउदले उक्त परियोजनाको काम यथाशीघ्र प्रारम्भ गर्न भारत भ्रमणका बेला प्रधानमन्त्रीस्तरमा पनि छलफल भएको स्मरण गराए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणमा दुवै देशका प्रधानमन्त्रीले परियोजनाका बारेमा छलफल गरेको बताएका हुन् ।  

Ncell
Extreme Energy

“परियोजनाबाट उत्पादन हुने बिजुली  भारतलाई बिक्री गर्दा पनि हाम्रो अर्थतन्त्रमा थप सुधार आउँछ,” मन्त्री साउदले भने, “यो विशाल परियोजनाबाट रोजगारीका अवसर पनि सृजना हुन्छन् ।” दश बर्षभित्र दश हजार मेगाबाट बिजुली बेच्ने सम्झौता भएको बताउँदै मन्त्री साउदले देशको अर्थतन्त्रलाई कृषि, पर्यटन र ऊर्जा उत्पादनबाटै उठाउन सकिने बताए ।  

फरक प्रसङ्गमा मन्त्री साउदले रुस–युक्रेन युद्धमा दशजना नेपालीले ज्यान गुमाएका बताउँदै रुसमा हराइरहेका एक सय १५ जनाको उद्धारका निम्ति आवेदन परेको जानकारी दिए । सरकारले रुसी सेनामा भर्ती नहुन गरेको अनुरोधका बाबजुद केही नेपाली त्यहाँ भर्ती भएका र युद्धमा ज्यान गुमाएको बताए । “विद्यार्थी र भिजिट भिषामा रुसमा दुई सयजना रहेका अनुमान गरिएको छ । उनले भने, “जोखिमयुक्त मुलुकमा रोजगारीका लागि नेपालीलाई पठाउने सरकारको नीति छैन ।” रुसमा रहेकालाई सकुशल फिर्ता ल्याउने,  शव ल्याउने र घाइतेको उद्धार गर्ने प्रयत्न भइरहेको जानकारी दिए ।  

त्यसैगरी, आतङ्कवादी समूह हमासको नियन्त्रणमा रहेका भनिएका कञ्चनपुरका विपिन जोशीको रिहाइमा सरकार निरन्तर लागिपरेको बताउँदै त्यसमा कतारबाट पनि सहयोग हुने आश्वसान प्राप्त गरेको जानकारी दिए ।  

मन्त्री साउदले तीनवटै तहका सरकारले जनअपेक्षा पूरा गर्न इमान्दारितापूर्वक काम गर्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रास्वपा सांसद सोम शर्माले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहका बीचमा फाटो ल्याउन सम्भव नभएको बताएका छन् ।