नेभिगेशन
मुख्य समाचार

टेम्पो भिरबाट खसालेको घटनामा गृहमन्त्री सुधन गुरुङको एक्सन: १२ जना पक्राउ, पीडितलाई न्याय दिन सिडिओ खटिए

काठमाडौँ । वन अतिक्रमण हटाउने नाममा टेम्पो भिरबाट खसालिएको कैलालीको घटनामा गृहमन्त्री सुधन गुरुङले चासो देखाएका छन् । 

उनले कैलालीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई घटनाको निष्पक्ष छानबिन सत्य तथ्य बाहिर ल्याउन र दोषीलाई कारवाही गरी पीडितलाई क्षतिपूर्ति दिन निर्देशन दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गृहमन्त्रीको चासोलगत्तै कैलाली प्रहरीले टेम्पो भिरबाट खसालिदिएको घटनामा अनुसन्धान अगाडि बढाउँदै डिभिजन वन कार्यालय धनगढी र सबडिभिजन कार्यालय अत्तरियाबाट १२ कर्मचारीलाई नियन्त्रणमा लिएको छ । कैलाली प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाकाअनुसार वनरक्षकदेखि अधिकृत तहसम्मका कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको हो । 

Ncell
Extreme Energy

चुरे क्षेत्रको वन अतिक्रमण हटाउने नाममा वन कार्यालयको टोलीले गत शुक्रबार धनादेवी धामीको टेम्पो भिरबाट खसालिदिएको थियो । टेम्पो भिरबाट खसालेको भिडियो सार्वजनिक भएपछि मानवीयतासँग जोडेर सरकारको चर्को आलोचना भइरहेको छ । वनका कर्मचारीले भने भिरालो जमिन भएकाले टेम्पो हटाउँदा अनियन्त्रित भएर खसेको भन्दै बचाउ गरेपछि झन् विवाद चर्किएको छ ।  

यता प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी पनि घटनाबारे चासो लिँदै पीडितलाई न्याय दिन पहल थालेका छन् । रेग्मीले जिल्ला प्रशासन कार्यालयमा पीडित पक्षसँग आइतबार दिनभर छलफल गरेका थिए ।

आज स्थानीय तहका जनप्रतिनिधिको उपस्थितिमा छलफल गरेर पीडितलाई न्याय दिनेगरी सहमति गर्न खोजिने रेग्मी बताउँछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
दुई विद्रोही नेताको झगडाले कांग्रेसमा सल्किएको आगो !

दुई विद्रोही नेताको झगडाले कांग्रेसमा सल्किएको आगो !

विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले सानेपास्थित साविकको केन्द्रीय कार्यालयबाट पार्टी हाँकीरहेका छन् । चौधौँ महाधिवेशनबाट निर्वाचित भएका तर, विशेष महाधिवेशनबाट अपदस्थ गरिएका शेरबहादुर देउवाले चुनदेवीस्थित सम्पर्क कार्यालयबाट...
जनतामा देखिएका निराशाा आशामा बदल्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको छः देउवा

जनतामा देखिएका निराशाा आशामा बदल्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको छः देउवा

पूर्वप्रधानमन्त्री देउवाले मुलुकको अवस्था अहिले संवेदशील देखिएको बताउँदै सबै सजग भएर राष्ट्रिय एकता कायम गर्न भूमिका खेल्नुपर्नेमा जोड दिए । मुलुकको इतिहास सबै  लोकतान्त्रिक आन्दोलन कांग्रेसको नेतृत्वमा नै...
एनसेलसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

एनसेलसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

तर २०८३ साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो । र अहिले सर्वोच्चले साउन २६ गतेको एनसेलको प्रतिवेदन सार्वजनिक गर्नेसम्बन्धी निर्णय कार्यान्वयन नगरी...
सहधर्मीमाथि ओलीको शृंखलाबद्ध घात

सहधर्मीमाथि ओलीको शृंखलाबद्ध घात

जसजसले विगतमा उनलाई अहिलेको ओली बनाउन भूमिका खेले, क्षीण हुँदा दर्बिलो साथ दिए, पार्टी सत्तामा पुर्‍याउन दिलोज्यान लगाए, राजकीय भूमिकामा शिखरित गराउँदै उनको शानशौकतमा इँटा थपे, उनले ती...