नेभिगेशन
मुख्य समाचार

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

काठमाडौंँ । स्वास्थ्य बिमा दाबी भुक्तानी अन्तर्गत स्वास्थ्य बिमा बोर्डले विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई थप ९१ करोड १८ लाख ९४ हजार रुपैयाँ भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको छ । 

नयाँ सरकार गठनपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता ले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि स्वास्थ्य बिमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रालयका अनुसार जेठ १३ गते स्वास्थ्य बिमा दाबीबापत रु. १ अर्ब ३ करोड २४ लाख ७७ हजार भुक्तानी गरिएको थियो । त्यसैगरी, जेठ २१ गते विपन्न नागरिकको औषधि उपचार खर्चबापत रु. ३२ करोड १३ लाख ६ हजार निकासा गरिएको थियो भने जेठ २७ गते थप रु. २७ करोड ३७ लाख ७८ हजार भुक्तानी गरिएको थियो । 

Ncell
Extreme Energy

सरकारले विगत आर्थिक वर्षदेखि बाँकी रहेको स्वास्थ्य बिमा दाबी तथा विपन्न नागरिकको औषधि उपचारसम्बन्धी रकम भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक स्रोत व्यवस्थापन र भुक्तानी प्रक्रियालाई तीव्रता दिएको छ ।

स्वास्थ्य बिमा बोर्डका अनुसार, सेवा प्रदायक संस्थाहरूको बक्यौता भुक्तानीलाई निरन्तरता दिँदै स्वास्थ्य बिमा कार्यक्रमप्रति नागरिकको विश्वास अभिवृद्धि गर्ने तथा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सहधर्मीमाथि ओलीको शृंखलाबद्ध घात

सहधर्मीमाथि ओलीको शृंखलाबद्ध घात

जसजसले विगतमा उनलाई अहिलेको ओली बनाउन भूमिका खेले, क्षीण हुँदा दर्बिलो साथ दिए, पार्टी सत्तामा पुर्‍याउन दिलोज्यान लगाए, राजकीय भूमिकामा शिखरित गराउँदै उनको शानशौकतमा इँटा थपे, उनले ती...
शिक्षक महासंघको आन्दोलन नहुने शिक्षामन्त्री पोखरेलको दाबी

शिक्षक महासंघको आन्दोलन नहुने शिक्षामन्त्री पोखरेलको दाबी

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल शिक्षक महासंघले भदौदेखि आन्दोलन घोषणा गरे पनि तत्काल आन्दोलनमा जाने अवस्था आफूले नदेखेको दाबी गरेका छन् ।
हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, निजी क्षेत्रलाई लगानी गर्न उद्योगमन्त्रीको आह्वान

हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, निजी क्षेत्रलाई लगानी गर्न उद्योगमन्त्रीको आह्वान

हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउने तयारीसँगै सरकारले उद्योगका लागि आवश्यक कपास स्वदेशमै उत्पादन गर्ने योजना अघि सारेको छ । उद्योगमन्त्री गौरीकुमारी यादवले कपास खेतीमा निजी क्षेत्र र व्यवसायीलाई...
झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी

झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् ।