नेभिगेशन
मुख्य समाचार

भूमिमन्त्री रावलको पहल: स्थानीय तहबाटै सुरु भयो नापी तथा मालपोत सेवा, अधिकार पाएपछि कागेश्वरी मनोहराले बाँड्यो लालपुर्जा

जग्गा प्रशासनसम्बन्धी सेवाका लागि मालपोत तथा नापी कार्यालयसम्म पुग्नुपर्ने बाध्यता कम हुने

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाले स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह सुरु गरेको छ ।

सेवा सञ्चालनको पहिलो दिन सोमबार नगरपालिकाले लालपुर्जा वितरण गर्दै सेवा हस्तान्तरणको औपचारिक सुरुवात गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहबाटै नापी तथा मालपोत सेवा उपलब्ध गराउने योजनाअन्तर्गत कागेश्वरी मनोहरा नगरपालिकाले सेवा सुरु गरेको हो।

Ncell
Extreme Energy

मन्त्रालयले देशभरका इच्छुक पालिकाहरूमा चरणबद्ध रूपमा नापी तथा मालपोत सेवा हस्तान्तरण मन्त्रालयको योजना अनुसार कागेश्वरी मनोहरा नगरपालिकाबाट सेवा सन्चालनमा आएको हो । यसअघि मन्त्रालयको आह्वानमा २०७ वटा स्थानीय तहले नापी तथा मालपोत सेवा सञ्चालन गर्न इच्छुक रहेको जानकारी गराएका थिए ।

स्थानीय तहबाटै सेवा उपलब्ध हुन थालेपछि नागरिकले जग्गा प्रशासनसम्बन्धी सेवाका लागि मालपोत तथा नापी कार्यालयसम्म पुग्नुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ । यसबाट समय, खर्च र झन्झट घट्ने तथा सेवाप्रवाह थप प्रभावकारी बन्ने विश्वास गरिएको छ ।

मन्त्रालयले आवश्यक प्राविधिक पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा तालिमको व्यवस्था गर्दै अन्य स्थानीय तहहरूमा समेत सेवा विस्तार गर्ने तयारी गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सहधर्मीमाथि ओलीको शृंखलाबद्ध घात

सहधर्मीमाथि ओलीको शृंखलाबद्ध घात

जसजसले विगतमा उनलाई अहिलेको ओली बनाउन भूमिका खेले, क्षीण हुँदा दर्बिलो साथ दिए, पार्टी सत्तामा पुर्‍याउन दिलोज्यान लगाए, राजकीय भूमिकामा शिखरित गराउँदै उनको शानशौकतमा इँटा थपे, उनले ती...
शिक्षक महासंघको आन्दोलन नहुने शिक्षामन्त्री पोखरेलको दाबी

शिक्षक महासंघको आन्दोलन नहुने शिक्षामन्त्री पोखरेलको दाबी

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल शिक्षक महासंघले भदौदेखि आन्दोलन घोषणा गरे पनि तत्काल आन्दोलनमा जाने अवस्था आफूले नदेखेको दाबी गरेका छन् ।
हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, निजी क्षेत्रलाई लगानी गर्न उद्योगमन्त्रीको आह्वान

हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, निजी क्षेत्रलाई लगानी गर्न उद्योगमन्त्रीको आह्वान

हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउने तयारीसँगै सरकारले उद्योगका लागि आवश्यक कपास स्वदेशमै उत्पादन गर्ने योजना अघि सारेको छ । उद्योगमन्त्री गौरीकुमारी यादवले कपास खेतीमा निजी क्षेत्र र व्यवसायीलाई...
झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी

झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् ।