नेभिगेशन
सबै कुरा

राष्ट्रियसभामा चुनाव हारेकाहरुको उम्मेदवारीले व्यवस्थामाथि प्रहार भयो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनाव हारेका नेताहरु राष्ट्रियसभाको उम्मेदवार बनेकोप्रति आपत्ति जनाएका छन् । मंगलबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समिति बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई सशोधन गर्न बनेको विधेयकमाथि भएको छलफलका क्रममा लामिछानेले यस्तो टिप्पणी गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लामिछानेले भने, ‘चुनाव हारेका मान्छेहरु राष्ट्रियसभामा ढाँटले हिँडिरहेका छन् । यहि निर्वाचनमा हार ब्याहोरकाहरु पनि । अप्ठ्यारो नमान्नुहोला मान्यज्युहरु, मुटुमाथि ढुंगा राखेर पार्टीको निर्णय मान्नुपर्ने अवस्था आएको छ । यसैगरी तपाईँको मुटुमा अर्को ढुंगा बर्सन्छ । अर्को ढुंगा राखेर हाँस्नुपर्नेअवस्था आउँछ ।’

Ncell
Extreme Energy

लामिछानेले अघिल्लो पुस्ताले गोली थापेर ल्याएको व्यवस्थाको उपहास भएको समेत बताएका छन् । लामिछाने अन्य दलका सांसदहरुलाई प्रश्न गरे, ‘व्यवस्थामाथि यत्रो प्रहार भईरहँदा यहाँहरुले गर्ने प्रतिवाद खोई त ?’  

उनले कानुनमा र उस्तै परे संविधानमा मेरिट बेसमा छनोट गर्नुपर्ने व्यवस्था गर्नुपर्ने माग राखे । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...