नेभिगेशन
सबै कुरा

राष्ट्रियसभामा चुनाव हारेकाहरुको उम्मेदवारीले व्यवस्थामाथि प्रहार भयो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनाव हारेका नेताहरु राष्ट्रियसभाको उम्मेदवार बनेकोप्रति आपत्ति जनाएका छन् । मंगलबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समिति बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई सशोधन गर्न बनेको विधेयकमाथि भएको छलफलका क्रममा लामिछानेले यस्तो टिप्पणी गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लामिछानेले भने, ‘चुनाव हारेका मान्छेहरु राष्ट्रियसभामा ढाँटले हिँडिरहेका छन् । यहि निर्वाचनमा हार ब्याहोरकाहरु पनि । अप्ठ्यारो नमान्नुहोला मान्यज्युहरु, मुटुमाथि ढुंगा राखेर पार्टीको निर्णय मान्नुपर्ने अवस्था आएको छ । यसैगरी तपाईँको मुटुमा अर्को ढुंगा बर्सन्छ । अर्को ढुंगा राखेर हाँस्नुपर्नेअवस्था आउँछ ।’

Ncell
Extreme Energy

लामिछानेले अघिल्लो पुस्ताले गोली थापेर ल्याएको व्यवस्थाको उपहास भएको समेत बताएका छन् । लामिछाने अन्य दलका सांसदहरुलाई प्रश्न गरे, ‘व्यवस्थामाथि यत्रो प्रहार भईरहँदा यहाँहरुले गर्ने प्रतिवाद खोई त ?’  

उनले कानुनमा र उस्तै परे संविधानमा मेरिट बेसमा छनोट गर्नुपर्ने व्यवस्था गर्नुपर्ने माग राखे । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रास्वपा सांसद सोम शर्माले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहका बीचमा फाटो ल्याउन सम्भव नभएको बताएका छन् ।