नेभिगेशन
समाज

राहदानी विभागका महानिर्देशकसहित ४ जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ। राहदानी (पासपोर्ट) आपूर्तिमा भएको अनियमितता आशंकामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित चार जनालाई नियन्त्रणमा लिएको छ।

अख्तियार स्रोतका अनुसार मंगलबार नियन्त्रणमा लिइएका महानिर्देशक अर्याल, विभागका अन्य दुई उच्च अधिकारी र एक व्यवसायीमाथि हिरासतमा राखेर बयान लिन सुरु गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नियन्त्रणमा लिइने अन्यमा विभागको प्रशासन तथा व्यवस्थापन शाखाका निर्देशक एवं प्रवक्ता सोमेश थापा र सूचना प्रविधि (आइटी) निर्देशक सुनिल कुमार केसी रहेका छन् । यस्तै, पासपोर्ट आपूर्ति प्रक्रियामा जोडिएका व्यवसायी सिद्धार्थ थापालाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ । थापा नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद सुनिल थापाका छोरा हुन् ।

Ncell
Extreme Energy

अख्तियारको टोलीले सोमबार साँझ नै राहदानी विभाग पुगेर आपूर्तिसँग सम्बन्धित महत्त्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको थियो। अख्तियारको टोली पुग्नुअघि सोमबार दिउँसो महानिर्देशक अर्याल प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री कार्यालय समेत पुगेका थिए।

विभागका जिम्मेवार अधिकारी र आपूर्तिकर्ता व्यवसायी एकैसाथ नियन्त्रणमा परेसँगै अख्तियारले पासपोर्ट खरिद प्रक्रिया र सेटिङको आशङ्कामा विस्तृत अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज बेलुकादेखि मनसुन सक्रिय हुने, पर्सिसम्म भारी वर्षाको सम्भावना

आज बेलुकादेखि मनसुन सक्रिय हुने, पर्सिसम्म भारी वर्षाको सम्भावना

केही दिनदेखि मनसुनको न्यून चापीय रेखा (मनसुन ट्रफ) केही टाढा सरेकाले वर्षा कम भए पनि आज बेलुकादेखि नेपालमा फेरि वर्षा बढ्ने मौसमविद्ले बताएका छन्।
आज कुनकुन सडक छन् अवरूद्ध ?

आज कुनकुन सडक छन् अवरूद्ध ?

वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् ।
रुग्ण उद्योगमा सुधारका संकेत देखिन थालेका छन् : प्रधानमन्त्री बालेन शाह

रुग्ण उद्योगमा सुधारका संकेत देखिन थालेका छन् : प्रधानमन्त्री बालेन शाह

प्रधानमन्त्री बालेन शाहले वर्षौंदेखि बन्द, घाटा र निराशाले थलिएका राष्ट्रिय उद्योग तथा संस्थानहरू पुनः सञ्चालन र प्रतिस्पर्धी बन्न सक्ने अवस्थामा पुग्न थालेको बताएका छन् ।
सिँढीबाट लडेर युवकको मृत्यु

सिँढीबाट लडेर युवकको मृत्यु

भीमदत्त नगरपालिका–६ ऐठपुरमा शुक्रबार राति घरको सिँढीबाट लडेर एक युवकको मृत्यु भएको छ ।