नेभिगेशन
समाज

खेलाडी छनौटमा सहमति जनाउँदै सर्वोच्च पुगे पौडी खेलाडी

काठमाडौँ । एशियाली खेलकुदको पौडी खेलाडी छनौटमा सहमति जनाउँदै खेलाडीहरू सर्वोच्च अदालत पुगेका छन् ।

पौडी खेलाडी इर्भिन श्रेष्ठ, मेधावी केसी र निर्णय थापाले आफूहरूलाई मौका समेत नदिई नेपाल पौडी संघले आफूखुसी खेलाडी छनौट गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको जनाएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल पौडी संघ, नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुदलाई विपक्षी बनाएर रिट दायर गरिएको रिटमा अदालतले असार ३ गतेका लागि छलफलमा समेत बोलाएको पौडी खेलाडी मेधावी केसीले जानकारी दिए ।

Ncell
Extreme Energy

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पौडी खेलाडीहरुले संघद्वारा सञ्चालन गरिएको आयची नागोया एसियाली खेलकुद २०२६ को प्रारम्भिक छनोट प्रक्रिया सम्बन्धमा गम्भीर असन्तुष्टि रहेकाले अदालत जानुपरेको जनाएका छन् ।

हाल सम्पन्न प्रारम्भिक छनोट प्रक्रियामा अपनाइएका केही निर्णयहरू, मूल्याङ्कनका आधारहरू तथा छनोटको समग्र प्रक्रियाले धेरै खेलाडीहरुमा प्रश्न उठाएको अवस्था रहेको खेलाडी मेधावी केसीले बताए। नेपालको पौडी खेलको विकास, खेलाडीहरूको हकहितको संरक्षण तथा भविष्यमा अझ निष्पक्ष र विश्वसनीय छनोट प्रणाली सुनिश्चित गर्नुपर्ने आफुहरुको माग रहेको उनको भनाइ छ ।

त्यस्तै पौडी खेलाडी इर्भिन श्रेष्ठले एशियाली खेलकुदको पौडी खेलाडी छनौट व्यहारिक नभएको गुनासो गरे। एशियाली खेलकुदको पौडी खेलाडी छनौट जारी रहदा प्रतिस्पर्धाको बीचमा छनोटको मापदण्ड र नियम परिवर्तनप्रति उनीहरुले असहमति जनाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सात दलले घोषणा गरे अग्रगामी मोर्चा

सात दलले घोषणा गरे अग्रगामी मोर्चा

तत्कालका लागि कार्यगत एकता एकता गर्ने र आगामी चुनावमा साझा चिन्ह लिएर चुनावमा जानेसम्मको सहमति मोर्चामा आबद्ध दलहरुका बीचमा भएको छ।
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।
ऋण असुलीबाट गोरखा, पशुपति र कान्तिपुर सहकारीका १४८ जना बचतकर्ताले  फिर्ता पाए रकम

ऋण असुलीबाट गोरखा, पशुपति र कान्तिपुर सहकारीका १४८ जना बचतकर्ताले फिर्ता पाए रकम

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
नवलपरासीमा किन पक्राउ परे वडाध्यक्ष ?

नवलपरासीमा किन पक्राउ परे वडाध्यक्ष ?

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हरेन्द्र यादव दाउन्नेबाट पक्राउ परेका छन्। उनीविरुद्ध प्रहरीमा किर्ते र ठगीको जाहेरी परेको थियो।