नेभिगेशन
समाज

नेप्से परिसूचकमा ६.३१ अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ३१ अङ्कले ओरालो लागेर दुई हजार ७०५ दशमलव ४५ मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ४८ अङ्कले ओरालो लागेर ४६४ दशमलव ६४ मा सीमित भएको छ । कारोबार भएकामध्ये ८० कम्पनीको शेयर मूल्य उकालो लाग्दा १७७ कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । यद्यपि, १५ कम्पनीको शेयर मूल्यमा भने  कुनै परिवर्तन आएको  छैन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कुल ३५५ कम्पनीको एक करोड सात लाख आठ हजार ५९६ कित्ता शेयर रु चार अर्ब चार करोड ७८ लाख ५८ हजार ८४ मूल्यमा खरिद–बिक्री भएको छ । कारोबारका आधारमा आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ ।

Ncell
Extreme Energy

यस्तै, सिद्धार्थ बैङ्क, रिलायन्स स्पिनिङ मिल्स, रावा इनर्जी डेभलपमेन्ट र बुङ्गल हाइड्रो शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार सोपान फर्मासिटिकल्स, अपोलो हाइड्रोपावर, डोल्टी पावर कम्पनी, बुङ्गल हाइड्रोपावर र मेछ्याङ हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् ।

यस्तै, सयपत्री हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, एनआइएमबी डिवेञ्चर, कालिञ्चोक हाइड्रोपावर र रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले भने गुमाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगन थापाको नेतृत्वमा सुरु भएको पार्टीको महाधिवेशनमा मेरो सहभागिता छैन– पूर्णबहादुर खड्का

गगन थापाको नेतृत्वमा सुरु भएको पार्टीको महाधिवेशनमा मेरो सहभागिता छैन– पूर्णबहादुर खड्का

नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले सभापति गगन थापाको नेतृत्वमा सुरु भएको पार्टीको महाधिवेशनका कुनै पनि प्रक्रियामा आफू सहभागी नहुने बताएका छन्।
२२ वर्षदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना फेरि अघि बढाइँदै

२२ वर्षदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना फेरि अघि बढाइँदै

दुई दशकभन्दा लामो समयदेखि रोकिएको धुलिखेल एकीकृत जग्गा विकास आयोजना पुनः कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको छ।
अब यी रुटमा पनि चल्नेछन् रात्रिकालीन साझा बस

अब यी रुटमा पनि चल्नेछन् रात्रिकालीन साझा बस

साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्दै शनिबारदेखि थप रुटमा २८ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ। संविधान दिवसको अवसर पारेर कम्पनीले रात्रिकालीन सेवा चार...
असोज ८ देखि १२ सम्म भारी वर्षाको जोखिम, पूर्वदेखि पश्चिमसम्म सतर्क रहन मौसमविद्ले गरे आग्रह

असोज ८ देखि १२ सम्म भारी वर्षाको जोखिम, पूर्वदेखि पश्चिमसम्म सतर्क रहन मौसमविद्ले गरे आग्रह

मौसमविद् विनोद पोखरेलले असोज ८ देखि १२ गतेसम्म नेपालका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले पूर्वदेखि पश्चिमसम्म सतर्कता अपनाउन आग्रह गरेका छन्।