नेभिगेशन
सबै कुरा

नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? (अडियाेसहित)

काठमाडाैँ । मंगलबार बिहान वीरगंज महानगरपालिका मेयर राजेशमान सिंहले आफैँ नक्कली बाबु बनेर रुबिना श्रेष्ठ नाम गरेकी युवतिलाई नागरिकता दिएको विषय सिधाकुराले उजागर गरेको थियो । सिधाकुरामा समाचार प्रकशन भएपछि उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा जाहेरी दर्ता  भएको छ । समाचार प्रकाशन हुनुपूर्व नै हामीले उनलाई नागरिकताबारे प्रश्न गरेका थियौँ । उनले हाम्रो प्रश्नको ठेट जवाफ दिन सकेनन् । उनले कहिले भेटेरै कुरा गर्छु भनेर टारे भने कहिले व्यक्तिगत जीवन सबैको हुने भन्दै सामान्यिकरण गरे । प्रस्तुत छ, मेयर राजेशमान सिंहसँग गरिएको कुराकानीकाे सम्पादित  अंश । 


City Express

तपाईँ बाबु भनेर एक युवतीको नागरिकता बनाइएको रहेछ । यसको वास्तविकता के रहेछ ?

हैन् तपाईँसँग फोनमा के कुरा गर्नु । सामुन्ने आउनुस्, बसेर कुरा गर्छु । नभए म आउँछु तपाईकहाँ । कसैको चरित्र हत्या गर्नु कहाँसम्म उचित हो त ?

यो विषयमा समाचार तयार गर्न लाग्दा तपाईँलाई सम्पर्क गर्न खोजेका हौँ । 

हजुरको घरमा पनि परिवार होला । केहि कुरा तपाईँ र मेरो छ भने तपाईँले मसँग कुरा गर्ने हो । अरुसँग किन सोधीखोजी गर्नु पर्यो त ?

तपाईँ एउटा सार्वजनिक पद धारण गरेको व्यक्ति हो ।  तपाईँको विषयमा हामीले मात्र नभएर जोकोहीले पनि बुझ्न मिल्छ ।

सार्वजनिक पद धारण गरेको व्यक्तिलाई एक्लै कुरा गर्न पनि त मिल्छ । तपाईँले सिधै एउटा म्यासेज गर्न सक्नुहुन्थ्यो । 

एउटा कुरा यति भन्दिनुस् न त्यसो भए यो विषयमा तपाईँकी छोरी भनेर नागरिकता दिइएको रहेछ नि, त्यो कुरा के हो ? 

 सुन्नुस न एउटा कुरा केहि कुरा गलत छ भन जानुस् न त मलाई थुनाउनुस् तपाईँहरु । मैले त वीरगंजको त्यो पत्रकार मित्रलाई पनि भनेको थिएँ । गलत प्रचार गरेर के गर्नु ?

तपाईँले नै सनाखत गरी छोरी भनेर रुबिना श्रेष्ठलाई नागरिकता दिलाउनु भएको छ नि ?

एउटा कुरा सुन्नुहोस्, सोध्नु छ भने, के हो ? के होइन ? मलाई आएर तपाईँको विषयमा सोध्नु, यो तपाईँहरुलाई उचित छ ?

के भन्न खोज्नु भएको अलि बुझिएन नि, हामीले तपाईँले नागरिकता दिएको युवतीको विषयमा कुरा गरिरहेका छौँ । 

मैले गलत गरेको छु भने म नेपाल सरकारको कानुन अनुसार भोग्न तयार छु । मैले बुझेको यत्ति हो । अर्को कुरा यसरी काम गरिहेको व्यक्तिको चरित्र हत्या गर्न नलाग्नु ।

कसरी भयो चरित्र हत्या ? हामी तपाईँसँग वास्तविकता बुझ्न खोजिरहेका छौँ । भन्दिनुहोस् न त वास्तविकता के हो ? 

तपाईँले यो कस्तो प्रश्न सोध्नु भएको ? तपाईँलाई चाहिँ कसैसँग नाम जोडेर भनिन्छ भने ठिक लाग्छ ? सुन्नुहोस्, सम्बन्धित निकाय छ, तिनै निकायमा गएर सम्पर्क गर्नुहोस्, वीरगंजमा तपाईँको रिपोर्टर छँदैछ । सुन्नुहोस्, फोनमा बढि कुरा नगरौँ, तपाईँहरुको सबै रेकर्डिङवाला काम छ, तपाईँहरुलाई केही कुरा गर्नु छ भने खुल्लारुपमा म कहाँ आउन सक्नुहुन्छ । सामुन्ने बसेर कुरा गरौँला । 

ठिक छ, सँगै बसेर पनि कुरा गरौँला तर यो विषयमा हो चाँही के त ? बाबु भनेर तपाईँको नाम छ नि ?

त्यो नामको पछाडि तपाईँले के बुझ्नु भएको छ ? तपाईँले के गर्नुभएको छ ? कसैले राखेको छ कि, केही गरेको छ कि छैन ? कि हो कि होइन कि ? सबै कुरा बुझेर त्यसपछि मसँग कुरा गर्नुस् ।

त्यसो भए रुबिना श्रेष्ठले तपाईँको नाम राखेको मात्रै हो त ?

त्यही त भन्दै छु तपाईँलाई । तपाईँ आउनुस्, सँगै जिल्ला प्रशासन जाऔँला । हेराैँला । नहेरी यो विषयमा म कसरी बोलौँ ?

नाम प्रयोग भएको विषयमा जिम्मेवार हुनुपर्छ सर । हो वा होइन भन्ने त हुनुपर्छ ?

सुन्नुहोस् न, कतै मेरो काममा मैले बदमास गरेको छु भने त्यो हो । एउटा काम गरिरहेको मान्छेलाई खोइरो खन्न लाग्नुहुन्छ भने ठिकै छ, त्यसका लागि धेरै धेरै धन्यवाद । तपाईँलाई यहि विषयमा कुरा गर्नुछ भने तपाईँलाई वीरगंज आउन निमन्त्रणा गर्छु, नभए म काठमाडाैँ आउँदा अवश्य भेट्नेछु । नभए तपाईँ आउनुहोस्, के जान्न चाहानुहुन्छ, आउनुस्, रेकर्डिङ मै बोलौँला । तपाईले जून कुरा गरिरहिनु भएको छ । लगेरै वास्तविकता देखाउँला, तपाईँको मान्छेहरु पठाउनुस्, अलि बढि नै कुरा गरौँला ।

त्यहि त वास्तविकता के हो भन्नुस् न त ।

वास्तविकता तपाईँलाई सबै थाहा हुँदा हुँदै तपाईँले जबरजस्ती चरित्रहत्या गर्न खोजेर हुन्छ ?

तपाईँको बारेमा केहि तथ्य प्राप्त नभई तपाईँसँग कुरा गरिएको होइन मेयरज्यू । 

ठिक छ म गलत छु भने लेख्नुस्, हाल्दिनुस्, राम्रो काम गरेको छु त्यसैले केहि व्यक्तिलाई बरदास (सह्य) नभएर यो बाहिर आएको हो ।

बाबु भनेर त तपाईँको नाम लेखिएको छ, फेरी सोध्दै छु, यो चाँही के हो भन्दिनुस् न ।

सुन्नुस् न, म त सारा वीरगंजको अभिवावक हो, यसको मतलब के हो ?

मेयर साहेब, तपाईँ वीरगंजको अभिवावक होला तर सबै वीरगंजबासीको नागरिकताको बाबु भनेर तपाईँको नाम त लेखिएको छैन होला ?

तपाईँलाई यस विषयमा अरु कुरा गर्नु छ भने सामुन्ने आएर कुरा गर्नस्, नभए म काठमाडौँ आएर भेटौँला । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

उनले लेखेका छन्, ‘भोलीको र्‍याली स्पष्ट  स्वस्फूर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि...
अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

भोजपुरको साल्पासिलिछो गाउँपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, मोरङको सुनबर्षी नगरपालिका र ओखलढुंगाको सुनकोशी गाउँपालिकाले हालसम्म बजेट सार्वजनिक गर्न सकेका छैन ।
निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलित

निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलित

छ वर्ष बितिसक्दा पनि चौकीडाँडा–फल्टुडे सडक निर्माण व्यवसायीले सम्पन्न नगरेपछि जनप्रतिनिधिहरु आन्दोलमा उत्रिएका हुन् । ठेकेदार कम्पनीको विरोध स्वरुप वडा नम्बर ३, १०, ११ र १२ का जनप्रतिनिधिहरुले...