नेभिगेशन
समाज

भियतनामी भिक्षुद्वारा बौद्धनाथ, स्वयम्भूनाथ र चारुमती बिहारको शान्ति पदयात्रा

काठमाडौँ । शान्ति पदयात्राका क्रममा नेपाल आएका भियतनामी भिक्षुको समूहले विश्व सम्पदा सूचीमा सूचिकृत बौद्धनाथ, स्वयम्भूनाथ, चारुमती चैत्य एवं बिहारलगायत सम्पदाको अवलोकन गरेको छ ।

पदयात्रामार्फत् विश्वभरि शान्तिको सन्देश प्रसारण गरेपछि भिक्षु रत्नगुणाको समूह सोमबार बुद्धको जन्मभूमि नेपाल आएका हुन् । उनी भियतनामी थेराबाद बौद्ध सङ्घका संस्थापक एवं प्रथम सङ्घराज भन्ते वमसरखिता महाथेरोझका एकमात्र जीवित शिष्य हुनुका साथै भिक्षु पन्नाकाराका गुरु पनि हुन् । उनकै निर्देशनमा २४ जना भिक्षुले १०८ दिनसम्म अमेरिकाका विभिन्न राज्यमा गरी तीन हजार ७०० किलोमिटर शान्ति पदयात्रा गरेका थिए । यसको नेतृत्व भिक्षु पन्नाकारले गरेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शान्ति अभियानअन्तर्गत नेपाल आएको यो टोलीमा भिक्षु पन्नाकारा, उनका गुरुलगायत छन् । यसका साथै पदयात्रा अमेरिकाको तीन हजार ७०० किमी पदयात्रा पुरा गरेको चर्चित अलोका नामको कुकुर पनि सँगै छ । उनीहरु थाइल्याण्डबाट दिल्ली हुँदै नेपाल आएका हुन् ।

Ncell
Extreme Energy

यो यात्राको उद्देश्य विश्व शान्ति, करुणा, अहिंसा र सजगताको सन्देशलाई व्यावहारिकरूपमा सबैका माझ पु¥याउनु हो । प्राविधिक पृष्ठभूमिबाट आएका यी भिक्षुले बौद्ध शिक्षालाई आधुनिक तथा सरल तरिकाले प्रस्तुत गर्ने गरेको जनाइएको छ । पदयात्राका क्रममा विभिन्न समुदायसँग संवाद गर्ने, ध्यान गराउने  र ‘शान्ति बाहिर होइन, आफूभित्रबाट सुरु हुन्छ’ भन्ने सन्देश बाँड्ने कार्यक्रम रहेको छ । भारत, श्रीलङ्का र नेपालजस्ता देशमा पनि भ्रमणमार्फत् उनीहरूले बौद्ध धर्मलाई मानवता र सहअस्तित्वको लागि प्रेरणा बनाउने गरेका छन् । 

शान्ति भीडबाट प्राप्त हुँदैन भनेर बुद्धले आफैँभित्र खोजेजस्तै भिक्षुले शान्ति प्राप्तिको लागि कुनै महायज्ञ र अनुष्ठान नगरी अशान्त हुनाका कारण खोजेको जनाइएको छ । सिद्धार्थ गौतम बुद्ध भइसकेपछि पनि कुनै विजययात्रा गरेनन् । बरु ज्ञान बाँड्नतिर लागे जस्तै यी भिक्षु पनि बुद्धको त्यही बाटो हिड्दै यहाँ आइपुगेका हुन् । 

दुःखको निवारण र शान्तिको लागि विना भेदभावको बाटो बुद्ध हिँडेको बाटो हो र यो बाटोको प्रारम्भ बिन्दु नेपाल हो भन्ने मान्यताका आधारमा उनीहरु नेपाल आएका हुन् । यसैगरी आजै उनीहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले शान्ति पदयात्रामा सहभागी भई आएका अलोका र भिक्षुको टोलीलाई काठमाडौँमा स्वागत गरेको मन्त्रालयको सामाजिक सञ्जालमा उल्लेख छ । 

घाम, पानी, हिउँ र अनेकौँ कठिनाइबीच पनि भिक्षुको साथ नछोड्ने अलोकाले करुणा, मैत्री, निष्ठा र सहअस्तित्वको अनुपम उदाहरण प्रस्तुत गरेको छ । अमेरिकामा भिक्षुसँगै १०८ दिनसम्म तीन हजार ७०० किलोमिटरभन्दा बढी दूरी पार गर्दै शान्ति पदयात्रा अभियानमार्फत लाखौँ मानिसको मन जितेको ‘अलोका’ नामक कुकुर र भियतनामी भिक्षुको टोली सोमबार नेपाल आइपुगेको हो ।  

बुद्धको शिक्षाले भन्छ, ‘शान्ति बाहिरबाट आउँदैन, शान्ति हाम्रो मनबाट सुरु हुन्छ’ । यस पदयात्राले त्यही सन्देशलाई अझ गहिरोसँग स्मरण गरायो, मानिस मात्र होइन, सबै प्राणीमा मैत्री र करुणा विस्तार गर्न सके मात्र साँचो शान्ति सम्भव छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।